आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

नेपाली कांग्रेसले गरेका कामको जस लिन बल्ल सिक्यो !

नेपाली कांग्रेसले गरेका कामको जस लिन बल्ल सिक्यो !

  • मिडिया डबली
  • बिहिवार, चैत्र १९ २०७७

  • 9.2K
    SHARES

  • नेपाली कांग्रेसले गरेका कामको जस लिन बल्ल सिक्यो !

    काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले गरेका कामबारे प्रचार गर्न नजान्दा र जस लिन नसक्दा जनतालाई फकाउन नसकेको गुनासो हुने गरेको छ । तर अब कांग्रेसले जस लिन समेत सिकेको छ ।

    नेपाली कांग्रेसले तत्कालीन पार्टी सभापति तथा प्रधानमन्त्री स्व. कृष्णप्रसाद भट्टराईले मेलम्चीको पानी काठमाडौं ल्याउनेबारे भिडियो सार्वजनिक गरेर जस लिएको छ ।

    पार्टीको सूचना सञ्चार तथा प्रचार विभागले २०४८ सालमा निर्वाचन हुने बेलामा प्रधानमन्त्री रहेका भट्टराईले मेलम्चीको पानी काठमाडौं ल्याउने सम्बन्धमा बोलेको क्लीपसहित भिडियो सार्वजनिक गरेको छ ।

    भिडियोमा भट्टराईले भनेका छन्, ‘मैले अब ल्याउँछु, त्यही मेलम्चीको पानी ।’ भिडियोमा अरु आवाज भने विभाग प्रमुख तथा पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले दिएका छन् ।

    ‘किसुनजीले भन्दा त्यसबेला काठमाडौंबासीले पत्याएकै थिएनन् । तर त्यो दिन आज आइपुग्यो,’ प्रवक्ता शर्माले भिडियोमा भनेका छन् । पार्टीले सुखद क्षणमा कांग्रेस नेतृत्वको सरकारले गरेको त्यो निर्णय र किसुनजीलाई स्मरण गर्ने शर्माले बताएका छन् ।

    हेर्नुहोस् भिडियो –

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend