काठमाडौं - एमालेले स्थायी कमिटी सदस्यद्वय सुरेन्द्र पाण्डे र घनश्याम भुसाललाई पनि ६ महिनाका लागि पार्टीबाट निलम्बन गरेको छ ।
पार्टी अध्यक्ष केपी ओलीले दुवैलाई साधारण सदस्यतासमेत नरहने गरी कारबाहीको निर्णय गरेका हुन् । ओलीले पार्टी हितविपरीत गतिविधि गरेको भन्दै दुईपटकसम्म स्पष्टीकरण सोधेको थियो ।
दुवैले मंगलबार स्पष्टीकरण बुझाएका थिए । यसअघि माधवकुमार नेपाल र भीम रावललाई एमालेले ६ महिनासम्म पार्टीको साधारण सदस्यसमेत नरहने गरी कारबाही गरिसकेको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।