आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

प्रचण्डपछि डा. बाबुराम र उपेन्द्र पुगे देउवाको शरणमा, १ घण्टामा के भयो कुराकानी ?

प्रचण्डपछि डा. बाबुराम र उपेन्द्र पुगे देउवाको शरणमा, १ घण्टामा के भयो कुराकानी ?

  • मिडिया डबली
  • बिहिवार, चैत्र १९ २०७७

  • 7.8K
    SHARES

  • प्रचण्डपछि डा. बाबुराम र उपेन्द्र पुगे देउवाको शरणमा, १ घण्टामा के भयो कुराकानी ?

    काठमाडौं – पछिल्लो राजनीतिक परिस्थितिबारे प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्षद्वय डा. बाबुराम भट्टराई र उपेन्द्र यादवबीच छलफल भएको छ ।

    जसपा संघीय परिषद् अध्यक्ष डा. भट्टराई र अध्यक्ष यादव देउवालाई भेट्न बुधवार बुढानिलकण्ठ पुगेका थिए । यसअघि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समेत सभापति देउवालाई भेटेका थिए ।

    देउवा निवास बुढानिलकण्ठ स्रोतका अनुसार भेटमा वर्तमान राजनीतिक परिस्थितिका विषयमा देउवा, भट्टराई र यादवबीच करीब १ घण्टा छलफल भएको छ ।

    मंगलवार माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले देउवा र भट्टराईसँग छुट्टाछुट्टै भेटेपछि बुधवार देउवा, भट्टराई र यादवबीच छलफल भएको छ । भेटमा वर्तमान केपी शर्मा ओली नेतृत्वको सरकारको विकल्प दिने विषयमा देउवालाई अग्रसरताका लिन भट्टराई र यादवले आग्रह गरेका छन् ।

    जवाफमा देउवाले पार्टीभित्र वैकल्पिक सरकारको पक्षमा उभिने संस्थागत निर्णय गराउन भट्टराई र यादवलाई आग्रह गरेका छन् । भट्टराई र यादवले जसपाभित्र प्रधानमन्त्री ओलीले खेल्न खोजेको भए पनि जसपा वैकल्पिक सरकारको पक्षमा उभिने विश्वास दिलाउन खोजेका थिए ।

    जसपाका अर्का अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो प्रधानमन्त्री ओलीसँग सहकार्यका लागि निरन्तर वार्तामा रहेका छन् । जसले गर्दा देउवा जसपाको साथ पाइनेमा विश्वस्त छैनन् । बुधवारको छलफलमा देउवाले जसपा एकमतका साथ प्रस्तुत हुने वातावरण निर्माण गर्न आग्रह गरेका छन् ।

    कांग्रेस वैकल्पिक सरकारको पक्षमा रहेको भन्दै देउवा आफू परिपक्व परिस्थितिको प्रतीक्षामा रहेको बताएका थिए । देउवा, भट्टराई र यादवबीचको भेटवार्तापछि माओवादी केन्द्रले आज बिहीबार बिहानका लागि स्थायी कमिटीको बैठक राखेको छ ।

    बैठकमा सरकारबाट समर्थन फिर्ता लिने विषयमा छलफल हुने माओवादी केन्द्रका प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए । प्रतिनिधिसभा पुनर्स्थापना भएको १ महिनापछि माओवादी केन्द्रले समर्थन फिर्ता लिने सुरसार थालेपछि अब वैकल्पिक सरकार निर्माणको प्रक्रिया सुरूआत भएको देखिएको छ ।

    माओवादी केन्द्रले समर्थन फिर्ता लिए प्रधानमन्त्री ओलीले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान रहेको छ । यतिबेला प्रदेशमा पनि माओवादी र एमालेले एकअर्काको नेतृत्वमा रहेका सरकारबाट समर्थन फिर्ता लिने क्रम जारी रहेको छ । 

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend