शुक्रवार, आश्विन ३० २०८३Oct 16 2026

Logo
images images

दिनभरको दौडधुपपछि प्रचण्डले के पाए ? यस्तो छ भित्रि रणनीति !

दिनभरको दौडधुपपछि प्रचण्डले के पाए ? यस्तो छ भित्रि रणनीति !

  • मिडिया डबली
  • बुधवार, चैत्र १८ २०७७

  • 7.6K
    SHARES

  • दिनभरको दौडधुपपछि प्रचण्डले के पाए ? यस्तो छ भित्रि रणनीति !

    काठमाडौं – प्रतिनिधि सभाको यसै अधिवेशनबाटै नयाँ सरकार बनाउने तयारी साथ दलहरुबीच छलफल सुरू भएको छ ।

    नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले नेतृत्व गरेको सरकारलाई विस्थापन गरी नयाँ बनाउन नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मंगलवार प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससहित जनता समाजवादी पार्टी (जसपा) नेपालका नेताहरुसँग छलफल गरेका छन् । ओली सरकारविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्ने विषयमा छलफल केन्द्रित रहेको थियो ।

    प्रतिनिधिसभा पुनर्स्थापना भएदेखि नै ओली नेतृत्वको सरकार हटाउने खेल सुरू भए पनि हालसम्म अविश्वासको प्रस्ताव दर्ता हुन सकेको छैन । अविश्वासको प्रस्तावसँगै नयाँ प्रधानमन्त्री पनि प्रस्ताव गर्नुपर्ने हुन्छ । नयाँ प्रधानमन्त्रीमा कसको नाम प्रस्ताव गर्ने भन्ने विषयमा सहमति हुन सकिरहेको छैन । 

    ओलीलाई जसपाले समर्थन गरे यही सरकारले निरन्तरता पाउने छ । जसपालाई आफ्नो पक्षमा ल्याउन ओलीले गृहमन्त्री रामबहादुर थापा ‘बादल’ नेतृत्वमा वार्ता टोली गठन गरेका छन् ।

    गृहमन्त्री बादलले जसपाका सांसद रेशम चौधरीलाई जेलबाट छुटाउने लगायत शर्तमा वार्ता आरम्भ गरिसकेका छन् । जसपा अध्यक्ष महन्थ ठाकुरले मंगलवार सरकारसँग आफ्नो पार्टीले राखेका मागबारे वार्ता आरम्भ भएको बताए ।

    माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मंगलवार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र जसपा संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईसँग भेटेर प्रतिनिधिसभामा अविश्वासको प्रस्ताव लैजाने विषयमा छलफल गरेका छन् । देउवालाई भेट्न बूढानीलकण्ठ पुगेका प्रचण्डले नयाँ सत्ता समीकरणका लागि सहयोग गर्न र प्रधानमन्त्री समेत बन्न आग्रह गरेका छन् ।

    त्यसलगत्तै प्रचण्डले उपराष्ट्रपति निवास पुगेर बाबुराम भट्टराईसँग भेट गरेका थिए । सत्ता गठबन्धनबारे जसपामा २ धार रहेका छन् ।

    अध्यक्ष उपेन्द्र यादव र भट्टराई ओलीलाई समर्थन गर्न नहुने पक्षमा रहेका छन् भने ठाकुर–राजेन्द्र महतो ओलीनिकट देखिएका छन् । जसपाका २ पक्षबीच विवाद रहेका बेला प्रचण्डले भट्टराईसँग भेट गरेका छन् । प्रचण्डले आईतवार सरकारलाई दिएको समर्थन चाँडै नै फिर्ता लिने बताएका थिए । त्यसपछि उनले एमाले वरिष्ठ नेताहरु माधवकुमार नेपाल र झलनाथ खनालसँग समेत छलफल गरेका थिए ।

    अहिलेको अवस्थामा जसपाले कांग्रेस र माओवादीलाई समर्थन गरे मात्रै नयाँ सत्ता समीकरण बन्ने अवस्था रहेको छ । 

    ‘जसपाले जसलाई समर्थन गर्छ, उसैले नयाँ सरकार बनाउने हो तर अहिलेको अवस्थामा जसपा ओली नेतृत्वको सरकारलाई निरन्तरता दिएर सरकारमा समेत सहभागी हुने पक्षमा नजिक छ । त्यसकारण यही सरकारले निरन्तरता पाउने छ,’ बालुवाटारनिकट स्रोतले भन्यो ।  

    प्रतिनिधिसभा बैठक बुधबार बस्दैछ । त्यसअघि नै माओवादीको पहलमा नयाँ सरकार गठन प्रक्रियाका लागि पहल भएपनि जसपामा हालसम्म कसलाई समर्थन गर्ने भन्ने अन्योल कायमै रहेको छ । माओवादी केन्द्रले प्रधानमन्त्री ओलीविरुद्ध बुधवार प्रतिनिधि सभामा अविश्वासको प्रस्ताव ल्याउने तयारी गरिरहेको छ । तर प्रधानमन्त्रीको उम्मेदवार अझैसम्म फेला पारेको छैन ।

    प्रचण्डलाई प्रधानमन्त्रीमा समर्थन गर्ने विषयमा कांग्रेसले कुनै पनि जवाफ दिएको छैन भने कांग्रेसले पनि आफ्नो तर्फबाट प्रधानमन्त्रीको उम्मेदवार समेत तोकेको छैन ।  

    वैकल्पिक सरकारका लागि निर्णायक अवस्थामा रहेको जसपाले निर्णय नगरेसम्म सरकारको विषय नयाँ चरणमा प्रवेश गर्न सक्दैन । नयाँ सरकार बनाउन प्रचण्डले सबै पक्षसँग छलफल गरिरहेका बेला ओलीले जसपासँग निकटता बढाउँदै लगेका छन् । जसपाले समर्थन नगरे प्रतिनिधिसभा अधिवेशन अन्त्य गर्नेसम्मको तयारीका साथ ओली अगाडि बढिरहेका स्रोतले जनाएको छ । तर अधिवेशन अन्त्य हुनुअघि नै माओवादीले अविश्वासको प्रस्ताव दर्ता गर्ने तयारीमा रहेको छ । आजको नागरिक दैनिकमा समाचार प्रकाशित छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७०२:३८:१४
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend