आइतवार, आश्विन २५ २०८३Oct 11 2026

Logo
images images

डा. बाबुरामलाई भेटेर सिधै शेरबहादुर देउवा निवास पुगे प्रचण्ड, के पाक्दैछ खिचडी ?

डा. बाबुरामलाई भेटेर सिधै शेरबहादुर देउवा निवास पुगे प्रचण्ड, के पाक्दैछ खिचडी ?

  • मिडिया डबली
  • मंगलवार, चैत्र १७ २०७७

  • 6.5K
    SHARES

  • डा. बाबुरामलाई भेटेर सिधै शेरबहादुर देउवा निवास पुगे प्रचण्ड, के पाक्दैछ खिचडी ?

    काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेटघाट गरेका छन् ।

    सभापति देउवालाई भेट्न प्रचण्ड मंगलबार दिउँसो बूढानीलकण्ठस्थित देउवा निवासमा पुगेका थिए । त्यसअघि प्रचण्डले पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई भेटेका थिए ।

    सभापति देउवा र प्रचण्डबीचको भेटवार्ताबारे दुबै पक्षले पुष्टि गरे पनि छलफलको विषयवस्तुबारे जानकारी दिइएको छैन । 

    अध्यक्ष प्रचण्डले कांग्रेस सभापति देउवालाई सरकारको नेतृत्व लिन आग्रह गर्दै आएका छन् । प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीलाई हटाएर सभापति देउवालाई प्रधानमन्त्री बनाउन चाहेका छन् ।

    माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता नलिएको अवस्थामा कुनै निर्णय नगर्ने सभापति देउवाको अडान रहेको छ ।

    प्रचण्डले शनिबार आयोजित कार्यक्रममा सरकारलाई दिएको समर्थन केही दिनमै फिर्ता गर्ने बताएका छन् । सभापति देउवाले केही दिनअघि विराटनगरमा आयोजित कार्यक्रममा कांग्रेस प्रतिपक्षमै बस्ने बताएका छन् ।

    अध्यक्ष प्रचण्डले मंगलबार नै जनता समाजवादी पार्टी (जसपा) संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईसँग समेत भेटवार्ता गरेका छन् । प्रचण्डले दौडधुप तीब्र पारेका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७०२:४८:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend