काठमाडौं - माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड फेरि नेकपा ब्युँताउन लागिपरेका छन् । एमाले र माओवादी केन्द्रको एकीकरण बदर गर्ने फैसलाविरूद्ध प्रचण्डले सर्वोच्च अदालतमा पुनरावलोकनको निवेदन दर्ता गरेका छन् ।
मंगलबार ११ बजे पुग्ने भनिए पनि केही ढिलो गरी पुगेका प्रचण्ड निवदेन दर्ता गर्नेवित्तिकै सर्वोच्चबाट फर्किएका थिए । प्रचण्डसँगै नेताहरु नारायणकाजी श्रेष्ठ, पम्फा भुषाल, गिरीराजमणि पोखरेल, हरिबोल गजुरेल, वर्षमान पुन सर्वोच्च गएका थिए ।
एमालेले कारबाही गरेका नेता माधवकुमार नेपालसँगको सल्लाहपछि प्रचण्ड सर्वोच्च अदालत पुगेका हुन् । प्रचण्ड र माधवबीच अहिले पनि हार्दिक सम्बन्ध छ ।
नेकपा नाम ऋषिराम कट्टेललाई दिने र एमाले–माओवादी केन्द्रको एकता खारेज गर्ने सर्वोच्च अदालतको फैसलाविरुद्ध पुनरावलोकनमा जान कानुन व्यवसायीले प्रचण्डलाई सल्लाह र सुझाव दिएका थिए ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।