आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

स्व. खुमबहादुर खड्काको पुण्यतिथिमा नेता महर्जनको नेतृत्वमा महालक्ष्मी मन्दिरमा दिप प्रज्वलन

स्व. खुमबहादुर खड्काको पुण्यतिथिमा नेता महर्जनको नेतृत्वमा महालक्ष्मी मन्दिरमा दिप प्रज्वलन

  • मिडिया डबली
  • मंगलवार, चैत्र १७ २०७७

  • 6.5K
    SHARES

  • स्व. खुमबहादुर खड्काको पुण्यतिथिमा नेता महर्जनको नेतृत्वमा महालक्ष्मी मन्दिरमा दिप प्रज्वलन

    काठमाडौं – नेपाली कांग्रेस खेलकुद विभागका केन्द्रीय सचिव तथा युवा नेता मीनकृष्ण महर्जनको नेतृत्वमा कांग्रेस नेता स्व. खुमबहादुर खड्काको तेस्रो पुण्यतिथिमा ललितपुरको महालक्ष्मी मन्दिरमा दिप प्रज्वलन गरिएको छ ।

    महर्जनले नेता खुमबहादुर खड्कालाई राजनीति गुरु मान्ने गरेका छन् । 

    ‘मेरा राजनीतिक गुरु खुमबहादुर खड्कासँग मेरो पहिलो भेट २०५२ सालमा उहाँ गृहमन्त्री हुँदा भएको थियो । मलाई नेता शंकर भण्डारीले भेट गराउनुभएको थियो,’ महर्जनले भने, ‘मैले करीब १ खुमबहादुर दाइको घण्टा कुरा सुन्ने मौका पाएँ । कांग्रेसको राजनीति र राष्ट्रिय राजनीतिको विषयमा कुरा सुन्ने मौका पाएँ । म उहाँको कुरा सुनेर निकै प्रफूल्ल भएँ ।’

    आफू कराँते खेलाडी भएकाले राजनीतिमा आउने चाहना नभएपनि नेता खड्काकै प्रेरणाले राजनीतिमा लागेको महर्जनले बताए । ‘वास्तवमा मेरो राजनीतिमा आउने चाहना थिएन, म एउटा कराँतेको राम्रो खेलाडी थिएँ । मैले कराँते खेलमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलमा करीब ३ दर्जन स्वर्ण पदक हासिल गरिसकेको थिएँ । मेरो राष्ट्रिय खेलकुद परिषद्मा कराँते कोचको जागिर पनि थियो,’ महर्जनले भने, ‘उहाँले तपाईं जत्तिको व्यक्ति राजनीतिमा आउनुपर्छ, म तपाईंलाई नेता बनाउँछु र मन्त्री पनि बनाउँछु भन्नुभयो । उहाँको कुरा सुनिसकेपछि मेरो मन फर्क्यो, त्यसपछि मैले कराँतेको कोचको जागिरबाट राजीनामा दिएर राजनीतिमा लाग्ने निधो गरें ।’

    राजनीतिमा आएको १ वर्षमा नै नेपाली कांग्रेसको भातृ संस्था तरुण दलको केन्द्रीय सदस्य बनाइएको र त्यसपछि राजनीति यात्रा सुरू भएको महर्जनले बताए । ‘उहाँकै सिफारिसमा मैले राष्ट्रिय खेलकुद परिषद्को कोषाध्यक्ष हुने अवसर पाएँ,’ महर्जनले भने ।

    कांग्रेसमा शक्तिशाली हुँदै गएपछि नेता खड्काविरुद्ध रणनीति बनाएर भ्रष्टाचार मुद्दामा फसाइएको नेता महर्जनले आरोप लगाए । ‘पार्टीमा नेता खुमबहादुर खड्का शक्तिशाली बन्दै जानुभयो । उहाँ शक्तिशाली बन्दै गएपछि कांग्रेस वरिष्ठ नेताहरू छायाँमा पर्दै गए,’ उनले भने, ‘पछि खुमबहादुर खड्कालाई कसरी कमजोर बनाउने भनेर पार्टीका वरिष्ठ नेताहरूले रणनीति रच्न थाले । अन्ततः कांग्रेस नेताहरू तत्कालीन राजा ज्ञानेन्द्र शाहसँग मिलेर सम्पत्तिको स्रोत खुलेन भनेर ७८ लाखको भ्रष्टाचारको झूटा मुद्दा लगाएर फसाउने काम गर्नुभयो । यदि त्यो मुद्दा नलगाएको भए उहाँ यो देशको प्रधानमन्त्री र कांग्रेसको सभापति हुने निश्चित थियो ।’

    165159674_152054700138609_8955368137883899503_n.jpg165796376_759957897985551_6832210199459648981_n.jpg

    नेता खड्का सभापति बनेका भए कांग्रेसको अवस्था अहिलेजस्तो बेहाल नहुने महर्जनले आकलन गरे । ‘कांग्रेसको अहिले यस्तो अवस्था हुने थिएन, किनकि देशको राष्ट्रिय राजनीतिका विषयमा उहाँसँग राम्रो ज्ञान थियो । अहिले म मात्र होइन, लाखौं कांग्रेस कार्यकर्ता टुहुरो भएका छन्,’ उनले भने, ‘नेता खुमबहादुर खड्का जस्तो महान् नेता न हिजो थियो, न अब जन्मिन्छ । यो मेरो मात्र आवाज होइन, तमाम कांग्रेस कार्यकर्ताको आवाज हो ।’

    नेता खड्काले थुप्रै व्यक्तिलाई कांग्रेस नेता र मन्त्री बनाएको घाम जस्तै छर्लङ्ग रहेको महर्जनले बताए ।

    166702724_436728867419808_6982370760705764250_n.jpg

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend