आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

कांग्रेस नेता डम्बर खड्कालाई पशुपतिनगरमा भव्य सम्मान

कांग्रेस नेता डम्बर खड्कालाई पशुपतिनगरमा भव्य सम्मान

  • मिडिया डबली
  • सोमवार, चैत्र १६ २०७७

  • 5.4K
    SHARES

  • कांग्रेस नेता डम्बर खड्कालाई पशुपतिनगरमा भव्य सम्मान

    काठमाडौं – इलामको पशुपतिनगर क्षेत्रका युवाको आयोजनामा भएको चौथो पशुपतिनगर फूटबल खेलको समापन कार्यक्रममा नेपाली कांग्रेसका युवा नेता तथा इलाम जिल्लाका अग्रज समाजसेवी डम्बर खड्का भव्य स्वागत तथा सम्मान गरिएको छ ।

    नेता खड्कालाई पूर्वी क्षेत्र लगायत इलामका करीब ७०० मोटरसाइकलका र्‍याली सहितको टोलीले कार्यक्रमस्थल पुर्‍याएपछि स्थानीयले फूल गुच्छा, पञ्चकन्या र ब्याण्ड बाजासहित टोलीले सलामी दिएर सम्मान गरेको हो ।

    गरीब, दुःखी, बिरामीलाई अस्पतालसम्म पुगेर उपचारमा सहयोग गरेका, जिल्लाभरका मठ, मन्दिरमा मूर्ति स्थापना गरिदिएको, गुम्बा र चर्च निमार्णमा सहयोग गरेको भन्दै युवाहरूले मोटरसाइकल र्‍याली गरिएको सुर्याेदय नगरपालिका–११ का सोनाम छिरिङले बताए । 

    नेता खड्काले जिल्लाभर आयोजना हुने फूटबल र भलिबल लगायत विभिन्न खेलमा युवालाई प्रतिभाको विकासका लागि प्रोत्साहन स्वरूप पुरस्कार सहयोग गरेर खेल सम्पन्न गराउन महत्त्वपूर्ण सहयोग गरेकोमा सम्मान गरिएको छ । 

    कोरोना भाइरस (कोभिड–१९) जस्तो विपतका बेला जिल्लाभर मार्स्क वितरण गर्नुका साथै स्यानिटाइजर, पीपीई सेट, स्वास्थ्यकर्मी र एम्बुलेन्स चालकलाई दिएर समुदायसम्म कोभिड सर्नबाट जोगाउन नेता खड्काले जिल्लाभर करीब २० हजार किलोग्राम चामल गरीब दुःखीलाई वितरण गरिएकोमा सम्मान गरिएको पशुपतिनगरका समाजसेवी हिमाल मास्केले बताए ।

    ‘उहाँले जिल्लाभर गाउँघरका कच्ची सडकको स्तरोन्नति गर्न आफ्नो मेसिन उपलब्ध गराउनुका साथै खेल मैदान निर्माणमा समेत आर्थिक सहयोग गरेकाले हामीले सम्मान गर्नु उचित रहेको हो,’ मास्केले भने । समाजसेवा गरेबापत २ वर्षअघि खड्कालाई काठमाडौंमा राष्ट्रियसम्मान गरिएको थियो । 

    166592603_147433367284066_5777879315552257350_n.jpg

    कोभिड–१९ पछि सुुनसानजस्तै रहेका पशुपतिनगको व्यापार क्षेत्रको विकास गर्नुका साथै आन्तरिक पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले आयोजन गराइएको फूटबल खेलमा २२ वटा स्वदेश तथा विदेशी टीमको सहभागिता रहेको थियो । खेलमा छिमेकी मुलुक दार्जलिङको पुलिस क्लबले झापाको खुदुनाबारी क्लबलाई ० विरुद्ध २ गोलले पराजित गरेको थियो ।

    विजेता टीमलाई कार्यक्रमका प्रमुख अतिथि नेता खड्काले प्रथम पुरस्कार १ लाख ६० हजार रुपैयाँ र उपविजेता टीमले ८० हजार रुपैयाँ प्रदान गरेका थिए ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend