बुधवार, आश्विन २१ २०८३Oct 07 2026

Logo
images images

प्रचण्डको माओवादीले गाउँघरमा आतंक मच्चाउन छाडेन, कांग्रेस नेतामाथि कुटपिट

प्रचण्डको माओवादीले गाउँघरमा आतंक मच्चाउन छाडेन, कांग्रेस नेतामाथि कुटपिट

  • मिडिया डबली
  • आइतवार, चैत्र १५ २०७७

  • 6.7K
    SHARES

  • प्रचण्डको माओवादीले गाउँघरमा आतंक मच्चाउन छाडेन, कांग्रेस नेतामाथि कुटपिट

    काठमाडौं – अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को नेतृत्वमा नेकपा माओवादीले देशमा लामो समय आतंक मच्चाएपनि यतिबेला सत्तारुढ दल हुँदा समेत कुनै सुधार देखिएको छैन ।

    माओवादी केन्द्रका कार्यकर्ताले नेपाली कांग्रेस बाग्लुङका जिल्ला सदस्य प्रकाश कुँवरसहित २ जनालाई आईतबार गम्भीर रूपमा घाइते हुने गरी कुटपिट गरेका छन् ।

    जिल्लाको दर्लिङ र राजकुटको सिमाना नजिकै बल्देको धुरीमा कांग्रेस जिल्ला सदस्य कुँवर घाइते अवस्थामा फेला परेका छन् । कुँवर राजकुट निवासी हुन् । घाइते अर्का १ जनाको नाम खुल्न नसकेको प्रहरीले जनाएको छ ।

    घटनाबारे जानकारी हुनासाथ जिल्ला प्रहरी कार्यालय बागलुङले प्रहरी सहायक निरीक्षकको नेतृत्वमा टोली दर्लिङमा पठाएको एसपी कृष्ण पल्ली मगरले बताएका छन् ।

    ‘घटना भएको सूचना पाउनेबित्तिकै प्रहरीको टोली घटनास्थल प्रस्थान गरेको छ,’ उनले भने, ‘के भएको हो बुझेर सबै कुरा भन्न सकिन्छ । अहिले नै केही भन्ने अवस्था छैन ।’

    नेपाल तरुण दल बागलुङका कोषाध्यक्ष देवेन्द्र घर्ती मगरले नेपाली कांग्रेस बागलुङका जिल्ला सदस्य प्रकाश कुँवरलाई कुटपिट गरेर गम्भीर बनाएर फालेको अवस्थामा स्थानीयले देखेको भन्ने खबर आएको बताएका छन् ।

    ‘के कारणले घटना भएको थाहा छैन । प्रकाश कुँवरको अवस्था गम्भीर रहेको भन्ने जानकारी आएको छ,’ उनले भने ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७०२:४८:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend