शनिवार, आश्विन २४ २०८३Oct 10 2026

Logo
images images
राजनीतिक विशेष

प्रचण्ड र माधव पक्ष छाडेर आउनेलाई ओलीले दिए मन्त्री पद उपहार

प्रचण्ड र माधव पक्ष छाडेर आउनेलाई ओलीले दिए मन्त्री पद उपहार

  • मिडिया डबली
  • शुक्रवार, चैत्र १३ २०७७

  • 6.4K
    SHARES

  • प्रचण्ड र माधव पक्ष छाडेर आउनेलाई ओलीले दिए मन्त्री पद उपहार

    काठमाडौं - आफ्नो गुटमा आएकालाई संरक्षण गर्ने प्रधानमन्त्री केपी ओलीको पुरानै प्रवृत्ति हो । त्यही गुट संरक्षणमा मात्र ध्यान दिएको भन्दै उनको आलोचना पनि हुने गरेको छ ।

    तर, पछिल्लो समय नेकपा र त्यसपछि एमालेमा देखिएको विवादमा गुट छाडेर आउनेलाई ओलीले धमाधम मन्त्री पद दिएर पुरस्कृत गर्ने गरेका छन् । यो प्रवृत्ति केन्द्र सरकार मात्र होइन, प्रदेश सरकारमा पनि पुनरावृत्त भएको छ ।

    नेकपाको एकता खारेज भएपछि माओवादी केन्द्र छाडेर एमालेमा आएका टोपबहादुर रायमाझी, प्रभु साह, मणि थापा, गौरिशंकर चौधरी, दावा लामालाई ओलीले केन्द्रमा मन्त्री बनाए ।

    अहिले उनीहरू ओलीका प्रवक्ता जस्तै बनेका छन् । एमालेमा पछिल्लो समय नेताहरूबीचको समीकरणमा तीव्र फेरबदल भएको छ । सिन्धुपाल्चोकका शेरबहादुर तामाङ सुरुमा माधवकुमार नेपाल पक्ष थिए ।

    उनकी श्रीमती उषाकला राई झलनाथ खनाल पक्षकी थिइन् । शेरबहादुरलाई ओली आफैंले कानुनमन्त्री पदबाट हटाएका थिए । तर, एमाले र माओवादी केन्द्रबीच एकता भई नेकपा बनेपछि भएको विवादमा तामाङ दम्पती माधव पक्षलाई छाडेर प्रधानमन्त्री केपी ओली गुटमा प्रवेश गरे ।

    शेरबहादुरलाई केही नबनाए पनि ओलीले उनकी पत्नी उषाकला राईलाई प्रदेश १ को सामाजिक विकासमन्त्री बन्ने भएकी छन् । आज प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले मन्त्रिपरिषद् विस्तार गर्ने भएका छन् ।

    नयाँ मन्त्रीहरुको आजै अपरान्ह १ बजे सपथग्रहण राखिएको छ । पुनर्गठनमा माओवादीबाट एमाले प्रवेश गरेका प्रदेशसभा सदस्य टंक आङबोहाङ अर्थमन्त्री हुने भएका छन् । उषाकला राईले पनि महत्वपूर्ण जिम्मेवारी पाउने भएकी छन् ।

    हाल राज्यमन्त्री रहेका अम्बिरबाबु गुरुङ भौतिक पूर्वाधारमन्त्री र राम राना कृषिमन्त्री हुने भएका छन् । उदयपुरकी कला घले कृषि राज्यमन्त्री र मोरङका राजकुमार ओझा वन राज्यमन्त्री नियुक्त हुने भएका छन् । सबै पछिल्लो समय माओवादी र एमालेमा पनि माधव गुट छाडेर आएका मन्त्री नियुक्त हुँदै छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७१०:३३:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend