काठमाडौं - निर्वाचनाताका कांग्रेसले एमाले र माओवादी केन्द्रको घोषणापत्रको समीक्षा गर्दै भनेको थियो– कम्युनिस्ट सरकार बनेमा क्रोनी क्यापिटलिज्म अघि बढ्नेछ ।
धेरैलाई क्रोनी क्यापिटलिज्मबारे थाहा भएन । कांग्रेससहित मिडियाले पनि यसबारे जनतालाई राम्ररी बुझाउन सकेनन् । तर, चुनावमा झन्डै दुई तिहाइको बहुमत पाएर एमाले अध्यक्ष केपी ओली प्रधानमन्त्री बने । उनले माओवादी केन्द्रको समर्थनमा सरकार बनाए । तीन वर्षदेखि नेपालमा क्रोनी क्यापिटलिज्म निकै फस्टाएको छ ।
यसलाई अघि बढाउन प्रधानमन्त्री केपी ओलीकै ठूलो देन छ । क्रोनी क्यापिटलिज्म भने भाइभतिजा, आसेपासेवाद हो । जहाँ आफ्ना वरिपरिका मानिसलाई राज्यको स्रोतसाधन मनपरी बाँडिन्छ । हालिमुहाली गर्न छुट दिइन्छ ।
ओली प्रधानमन्त्री भएपछि उनका ससुरालीपट्टिका लागि खुदो पल्टिएको छ । ओलीले पहिलेदेखि नै संरक्षण गर्दै आएकाले देश लुट्नु लुटेका छन् । जग्गा दलाल र सिभिल हाउजिङ चलाउने इच्छाराज तामाङ एमालेबाट संविधानसभा सदस्य बने । उनको सिभिल होम्स, रियल स्टेट, सिभिल बैंकलगायत विभिन्न कम्पनीमा लगानी छ । उनले अहिलेसम्म १२ अर्ब हिनामिना गरेको आरोप छ ।
साढे दुई अर्ब विद्युत महसुल नतिर्ने राजकुमार अग्रवाल एमालेकै घरबेटी बनेका छन् । एमालेले बुधबार मात्र थापाथलीस्थित अग्रवालको घर पाँच वर्षका लागि भाडामा लिएको छ । एमालेले सकेको भाडा दिने नभए नदिने सहमति भएकाले अग्रवालले राज्यकोषबाट अब लखनौं लूट गर्ने स्थिति देखिएको छ ।
उनी अर्घाखाँची सिमेन्ट र शिवम् सिमेन्ट सञ्चालक हुन् । जनतालाई करोडौं ठग्ने, राज्यको रकम हिनामिना गर्ने व्यापारी मोती दुगडलाई प्रधानमन्त्री ओलीले आफ्नो आर्थिक सल्लाहकार बनाएका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।