आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

एमालेप्रति कांग्रेस नेता खतिवडाको व्यंग्य : ईश्वर, विष्णु भगवानले सबैको रक्षा गरुन् !

एमालेप्रति कांग्रेस नेता खतिवडाको व्यंग्य : ईश्वर, विष्णु भगवानले सबैको रक्षा गरुन् !

  • मिडिया डबली
  • बिहिवार, चैत्र १२ २०७७

  • 7.6K
    SHARES

  • एमालेप्रति कांग्रेस नेता खतिवडाको व्यंग्य : ईश्वर, विष्णु भगवानले सबैको रक्षा गरुन् !

    काठमाडौं – नेपाली कांग्रेसका प्रभावशाली युवा नेता रामहरि खतिवडाले माफियाकै हातले नेकपा एमाले चल्ने समाचार असत्य सावित होस् भनेर कामना गरेका छन् ।

    बिहीबार सामाजिक सञ्जाल फेसबुकमा प्रतिक्रिया लेख्दै नेता खतिवडाले ईश्वर, विष्णु भगवान्ले सबैको रक्षा गरुन् भन्दै एमालेप्रति व्यंग्य गरेका छन् ।

    खतिवडाले एमालेलाई नयाँ पार्टी कार्यालय दिने घरबेटीले २ अर्ब ५० करोड विद्युत् बक्यौता तिर्न बाँकी रहेको समाचारका सन्दर्भमा व्यंग्य गरेका हुन् ।

    खतिवडाले लेखेका छन्, ‘ओएमालेलाई (ओली एमाले) नयाँ पार्टी कार्यालय दिने घरबेटीले २ अर्ब ५० करोड विद्युत् प्राधिकरणको बक्यौता तिर्न बाँकी भन्ने समाचार गाइगुइ हल्ला छ । फेरि माफियाकै हातले यो पार्टी चल्ने समाचार असत्य सावित होस् । हे ईश्वर, विष्णु भगवान्ले सबैको रक्षा गरुन् ।’ 

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend