शनिवार, आश्विन २४ २०८३Oct 10 2026

Logo
images images
राजनीतिक बिशेष

प्रतिनिधिसभालाई पंगु बनाएर विघटन गर्ने ओलीको यस्तो रणनीति

प्रतिनिधिसभालाई पंगु बनाएर विघटन गर्ने ओलीको यस्तो रणनीति

  • मिडिया डबली
  • बुधवार, चैत्र ११ २०७७

  • 5.3K
    SHARES

  • प्रतिनिधिसभालाई पंगु बनाएर विघटन गर्ने ओलीको यस्तो रणनीति

    काठमाडौं - सभामुख अग्निप्रसाद सापकोटाले प्रधानमन्त्री केपी ओलीसँग भेटका लागि समय मागेको माग्यै छन् । तर, उनले समय दिएका छैनन् ।

    सकेसम्म उनी सभामुखसँग भेट नहोस् भन्ने मनस्थितिमा छन् । सरकारले ल्याएको विधेयक रोक्ने गतिविधिमा सभामुख सापकोटा लागेको आरोप प्रधानमन्त्री ओलीले लगाएका छन् । त्यही भएर ओली सभामुखसँग भेट गर्न चाहिरहेका छैनन् ।

    सभामुख सापकोटा सरकारको झगडिया भएको आरोप पनि ओलीको छ । आफूप्रति व्यावहारिक रूपमै संसद्को विश्वास रहेको पुष्टि नहुन्जेलसम्म विघटनको कदम सही थियो भन्ने देखाउन र प्रतिनिधिसभालाई कामविहीन बनाउने रणनीतिमा प्रधानमन्त्री ओली रहेको बताइन्छ ।

    अहिले उनी जसपालाई सरकारमा सहभागी गराउन बैठक गरिरहेका छन् । तर, कुनै सहमति जुटिसकेको छैन । जसपाबाट सरकारलाई समर्थन पाए प्रतिनिधिसभामा विश्वासको मत लिने र नपाए प्रतिनिधिसभाको पाँचौ अधिवेशन अन्त्य गर्ने तयारीमा ओली रहेको बालुवाटार स्रोतले बताएको छ ।

    सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन बदर गरिदिएपछि प्रधानमन्त्री ओली अहिले संसद्लाई बिजनेस नदिएर पंगु बनाउने रणनीतिमा लागेका छन् ।

    बिजनेस नभएकै कारण मंगलबार प्रतिनिधिसभाको अर्को बैठक एक सातापछि मात्र बोलाइएको छ । मंगलबारको बैठकमा कांग्रेस नेता गगन थापाले प्रधानमन्त्री ओली संसद्सँग बदला लिने दाउमा रहेकाले कुनै बिजनेस नदिएको बताए ।

    उनले यो सरकार रहेसम्म संसद् जुनसुकै बेला विघटन हुने पनि बताए । सरकारले सदनलाई काम नदिँदा बैठक एक हप्तासम्मका लागि स्थगन हुन पुगेको हो ।

    सदन कामविहीन हुँदा पुनःस्थापना भएको पाँचौं बैठक बसिसक्दा पनि प्रतिनिधिसभाका बैठकहरु प्रभावकारी रूपमा चल्न सकेको छैन । न त कार्य ब्यवस्था परामर्श समितिले प्रभावकरी कार्यसम्पादन गर्नसकेको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७१०:३३:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend