शनिवार, आश्विन २४ २०८३Oct 10 2026

Logo
images images

देउवाको प्रश्न : केपी ओलीलाई प्रचण्डको समर्थन छ, कांग्रेसको नयाँ सरकार कसरी बन्छ ?

देउवाको प्रश्न : केपी ओलीलाई प्रचण्डको समर्थन छ, कांग्रेसको नयाँ सरकार कसरी बन्छ ?

  • मिडिया डबली
  • मंगलवार, चैत्र १० २०७७

  • 4.8K
    SHARES

  • देउवाको प्रश्न : केपी ओलीलाई प्रचण्डको समर्थन छ, कांग्रेसको नयाँ सरकार कसरी बन्छ ?

    काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को समर्थनमा बहुमतमा रहेकाले कांग्रेसले चाहँदैमा नयाँ सरकार गठन नहुने स्पष्ट पारेका छन् ।

    सभापति देउवाले सर्वोच्च अदालतको आदेशपछि नेकपा पार्टी, एमाले र माओवादी केन्द्रमा विभाजित भएपनि प्रचण्डले सरकारको समर्थन फिर्ता नलिएकाले बहुमतको संयुक्त सरकार नै रहेको बताएका छन् ।

    सुनसरीको धरानस्थित दलित संघ केन्द्रीय कार्यसमितिद्वारा मंगलवार चुम्लुङ हिममा आयोजित ५६ औं अन्तर्राष्ट्रिय जातीय विभेद उन्मुलनको सन्दर्भमा समावेशी लोकतन्त्र र संवैधानिक व्यवस्था विषयक प्रदेशस्तरीय अन्तर्क्रियामा पूर्व प्रधानमन्त्री देउवाले कांग्रेसले सरकार नबनाउने बताएका छन् ।

    ‘अहिले एउटा पार्टी सरकारमा छ, त्यसलाई प्रचण्डजीको पार्टीले समर्थन गरेको छ । त्यसैले यो संयुक्त सरकार हो । संयुक्त सरकार भएकाले बहुमतको सरकार भयो । बहुमतको सरकार हुँदाहुँदै कांग्रेसले चाहँदैमा नयाँ सरकार गठन हुँदैन,’ उनले भने ।

    देउवाले माओवादी पनि सरकारमै सामेल भएकाले कांग्रेसलाई सरकार ढाल्ने र बनाउने हतारो नभएको र कांग्रेस अहिले सरकारमा जान बल नगर्ने बताएका छन् । ‘तर परि आए छाड्दैन पनि,’ देउवाले भने ।

    देउवाले ओलीको बहुमतको सरकार रहेसम्म कांग्रेसले प्रतिपक्षीको भूमिकामा बसेर मुलुकभर संगठन विस्तार गर्दै जाने बताएका छन् । नेता देउवाले दलित संघका नेताहरूले कांग्रेसलाई भोट हाल्ने वातावरण बनाउन आग्रह गरेका छन् ।

    ‘दलित आयोग गठन गर्ने काम मेरै पालामा सुरू भएको हो । दलित समुदायका नेताहरुलाई जनसम्पर्क बढाउनु जरुरी छ,’ उनले भने ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७०२:३८:१४
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend