शनिवार, आश्विन २४ २०८३Oct 10 2026

Logo
images images
राजनीतिक विशेष

माधव नेपालसहितका एमाले नेतालाई कारबाहीको डण्डा चलाएपछि ओलीले जसपा फुटाइदिने

माधव नेपालसहितका एमाले नेतालाई कारबाहीको डण्डा चलाएपछि ओलीले जसपा फुटाइदिने

  • मिडिया डबली
  • मंगलवार, चैत्र १० २०७७

  • 4.2K
    SHARES

  • माधव नेपालसहितका एमाले नेतालाई कारबाहीको डण्डा चलाएपछि ओलीले जसपा फुटाइदिने

    काठमाडौं - प्रधानमन्त्री केपी ओलीले आफ्नो कुर्सी जोगाउन राज्यसत्ताको राम्रै दुरुपयोग गरेका छन् । प्रधानमन्त्रीको पद जोगाउन उनले कांग्रेसलाई आश्वासन, एमालेभित्रका विरोधी पक्षलाई कारबाहीको डण्डा र जसपाभित्र विभाजनको बीउ रोपिसकेका छन् ।

    केही दिनभित्रै माधवकुमार नेपालसहितका नेतालाई कारबाहीको डण्डा चलाइसकेपछि ओलीले जसपा विभाजन गराउने रणनीति अख्तियार गर्ने भएका छन् ।

    स्रोतका अनुसार जसपाभित्र महन्थ ठाकुर र राजेन्द्र महतोलाई मात्रै आफ्नो सरकारमा ल्याउन सके माओवादी केन्द्रले समर्थन फिर्ता लिए पनि सरकार बहुमतकै अवस्थामा हुने उनको बुझाइ छ । अहिले जसपामा ओली सरकारमा सामेल भएर जानुपर्ने बहुमत छ ।

    ओलीले राजेन्द्र महतोलाई उपप्रधानमन्त्री बनाएर सरकारमा सामेल गराउने अन्तिम तयारी पनि गरेका छन् । उपेन्द्र यादव र डा.बाबुराम भट्टराईको राजनीति समाप्त गर्न ओलीले ठाकुर र महतोसँग आगामी निर्वाचनसम्म सहकार्य गरेर जाने आश्वासन पनि दिएको बुझिएको छ ।

    आफ्नो कुर्सी बचाउन प्रधानमन्त्री ओलीले पार्टीभित्र कारबाहीको डण्डा र जसपाभित्र खेलेपछि नयाँ सत्ता समीकरण तत्काल नबन्ने भएको छ । पार्टीमा आफ्ना विरोधीलाई कारबाही गर्न ओलीले सम्पूर्ण शक्ति आफ्नो हातमा लिएका छन् ।

    सोहीअनुसार अहिले उनले पार्टीका माधवकुमार नेपाल, भीम रावल, सुरेन्द्र पाण्डे र घनश्याम भुसालमाथि कारबाही गर्ने उद्देश्यकै लागि पहिलो स्पष्टीकरण सोधेका छन् । जसकारण ओलीको विरोधी पक्ष रक्षात्मक बन्न पुगेको छ ।

    प्रधानमन्त्री ओलीलाई तत्काल पदच्यूत गर्न कस्सिएका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भने निरीह बनेका छन् । उनले सबै शक्ति गुमाएका छन् । उनले प्रतिनिधिसभा र प्रदेश सभा सदस्य गरेर उनले एक दर्जन नेता गुमाएका मात्र छैनन्, सबै दलका नेताको विश्वाससमेत गुमाएका छन् । माओवादी केन्द्रका मात्रै होइन, जसपाभित्र पनि ओलीले खेलेका छन् ।

    उनले महन्थ ठाकुर र राजेन्द्र महतोलाई आफ्नो ग्रिपमा ल्याइसकेका छन् । एमालेमा कारबाहीको डण्डा बर्साइसकेपछि ओलीले जसपालाई विभाजन गराउने रणनीति अख्तियार गरेका छन् ।

    संसद विघटनको कानुनी लडाइँमा पराजित भए पनि प्रधानमन्त्री ओली त्यसपछिको रणनीतिमा सफल देखिँदै आएका छन् । सर्वोच्च अदालतले संसद ब्युँताएको एक महिना भइसक्यो, संसद ब्युँतेपछि ओलीलाई सत्ताच्युत गर्छु भनेर बिगुल फुक्ने प्रचण्डहरु उनीविरुद्ध बलियो गठबन्धन बनाउन सक्ने अवस्थामा अझै छैनन्।

    गठबन्धन बन्नै नदिन उनले सबैजसो राजनीतिक दलको एक खेमलाई आफू निकट राखेका छन्। जसले उनको सत्तालाई भरथेग गरिरहेको छ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७१०:३३:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend