शनिवार, आश्विन २४ २०८३Oct 10 2026

Logo
images images

आफ्नै पार्टीका नेतालाई प्रधानमन्त्री केपी ओलीले लगेपछि प्रचण्ड भाउन्न

आफ्नै पार्टीका नेतालाई प्रधानमन्त्री केपी ओलीले लगेपछि प्रचण्ड भाउन्न

  • मिडिया डबली
  • मंगलवार, चैत्र १० २०७७

  • 6.2K
    SHARES

  • आफ्नै पार्टीका नेतालाई प्रधानमन्त्री केपी ओलीले लगेपछि प्रचण्ड भाउन्न

    काठमाडौं - सर्वोच्च अदालतको फैसलाअनुसार एमाले र माओवादी केन्द्र अलग अलग भएको दुई साता बितिसकेको छ । तर, अहिलेसम्म प्रधानमन्त्री केपी ओलीलाई दिएको समर्थन फिर्ता लिने कि नलिने भन्ने माओवादी केन्द्रले निर्णय गर्न सकेको छैन ।

    ओलीलाई तत्काल सत्ताच्युत गर्न कस्सिएका पुष्पकमल दाहाल प्रचण्ड अहिले निरीह बनेका छन् । न त उनले ओलीलाई दिएको समर्थन फिर्ता लिएका छन्, न त नयाँ समीकरण नै बनाउन सकेका छन् ।

    यही अन्योलका बीच नेकपा माओवादी केन्द्रले आज स्थायी कमिटी बैठक बोलाएको छ । पार्टी कार्यालय पेरिसडाँडामा बोलाइएको बैठकमा नयाँ सरकार बनाउन आवश्यक पर्ने गठबन्धन र सरकारलाई दिएको समर्थनलगायबारे छलफल हुने नेताहरुले बताएका छन् ।

    सर्वोच्चको फैसलाले ब्युँतिएको माओवादी केन्द्रले प्रधानमन्त्री केपी शर्मा ओलीलाई हटाएर नयाँ सरकार गठन गर्ने कसर गरिरहेको भए पनि त्यो सफल हुन सकिरहेको छैन ।

    पटक–पटक नेपाली कांग्रेस र जनता समाजवादी पार्टीका नेताहरुसँग छलफल भए पनि अहिलेसम्म निष्कर्षमा पुगेको छैन । नयाँ सत्ता गठबन्धनबारे स्पष्ट आधार तयार नभएको भन्दै माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन अहिलेसम्म फिर्ता लिएको छैन ।

    सरकार गठनका लागि नयाँ गठबन्धन पनि बनाउन नसक्ने, सरकारमाथि आरोप थोपर्ने अनि सरकारलाई दिएको समर्थन पनि फिर्ता नलिएको भन्दै माओवादी केन्द्र आलोचित बन्दै आएको छ । आफ्नै पार्टीका नेतालाई प्रधानमन्त्री केपी ओलीले चोरेर लगेपछि प्रचण्ड भाउन्न बनेका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७०२:४८:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend