शुक्रवार, आश्विन ३० २०८३Oct 16 2026

Logo
images images

नेपाली कांग्रेसले वास्ता नगरेपछि प्रचण्डको बेहाल ! 

नेपाली कांग्रेसले वास्ता नगरेपछि प्रचण्डको बेहाल ! 

  • मिडिया डबली
  • मंगलवार, चैत्र १० २०७७

  • 6.2K
    SHARES

  • नेपाली कांग्रेसले वास्ता नगरेपछि प्रचण्डको बेहाल ! 

    काठमाडौं – नेकपा माओवादी केन्द्र प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वास प्रस्ताव लाने विषयमा अलमलमा देखिएको छ ।

    प्राविधिक रूपमा सरकार अल्पमतमा परिहालेको छैन तर नेकपा एकीकरण बदर भई साविकका माओवादी केन्द्र र एमाले ब्यूँतिएपछि संकटमा परेको छ ।

    माओवादीले समर्थन फिर्ता लिनेबित्तिकै सरकार अल्पमतमा पर्छ । तर माओवादी केन्द्र समर्थन फिर्ता लिने अथवा अविश्वास प्रस्ताव लैजाने भन्ने विषयमा अनिर्णित छ ।

    माओवादी केन्द्रका स्थायी कमिटी सदस्य हरिबोल गजुरेलले स्थायी कमिटी बैठकमा अविश्वास प्रस्तावबारे छलफल हुने बताएका छन् । ‘हामी स्थायी कमिटीको बैठक बस्ने तयारीमा छौं । मंगलवार बैठक बस्छ । त्यही बैठकमा सरकारलाई दिएको समर्थन फिर्ता लिने वा अविश्वासको प्रस्ताव दर्ता गर्ने विषयमा छलफल हुनेछ,’ गजुरेलले भने ।

    प्रधानमन्त्री ओली अविश्वासको प्रस्ताव आएमा सामना गर्ने तयारीमा रहेका छन् । उनी जनता समाजवादी पार्टी (जसपा) सँग सहकार्य गरेर सरकार सञ्चालन गर्ने दाउमा छन् । एकपटक अविश्वासको प्रस्ताव ल्याएर असफल भयो भने १ वर्षसम्म फेरि यस्तो प्रस्ताव ल्याउन पाइँदैन । यही कारण पनि माओवादीले तत्काल अविश्वास प्रस्ताव ल्याउन आनाकानी गरिरहेको स्रोतको दाबी छ ।

    माओवादीले कांग्रेस र जसपासँग सत्ता सहकार्यका लागि प्रस्ताव भने गरिसकेको छ । जसपाको एउटा पक्ष ओलीसँग नरम रहेका कारण माओवादी अविश्वासको प्रस्ताव ल्याउन हच्किरहेको छ ।

    माओवादी स्रोतका अनुसार पार्टी आफैंले अविश्वासको प्रस्ताव ल्याउँदा प्रधानमन्त्रीको उम्मेदवार तोक्नुपर्ने र प्रधानमन्त्रीमा पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई प्रस्ताव गर्दा कांग्रेसको समर्थन आवश्यक पर्ने हुन्छ ।

    कांग्रेसले नै सरकारको नेतृत्व गरोस् भन्ने चाहना माओवादीमा भएका कारण पनि संसदमा अविश्वास प्रस्ताव नआएको स्रोतले बतायो । ‘कांग्रेसको धारणा पर्खंदा ओली सरकारको आयू लम्बिएको हो,’ माओवादीका एक स्थायी कमिटी सदस्यले भने ।

    कांगेसले अविश्वासको प्रस्ताव ल्याउने र सकारको नेतृत्व गर्ने बेला भइनसकेको बताएको छ । संसद पुनःस्थापना भएदेखि नै ओली सरकारविरुद्ध अविश्वास प्रस्ताव ल्याउने तयारी भए पनि कांगे्रस र जसपाले साथ नदिँदा टरेको थियो । अहिले पनि अविश्वास प्रस्ताव ल्याउन कांग्रेस–माओवादीमा सक्रियता देखिएको छैन ।

    ओलीले आफ्नै पार्टीका नेताहरुलाई कारवाहीको तयारी थालेको छ । एमालेभित्र आन्तरिक द्वन्द्व चर्किरहेका बेला माओवादीले अविश्वासको प्रस्ताव ल्याए ओलीले पार्टीमा ह्वीप लगाउन सक्ने र माधव नेपाल पक्षका नेताहरु सदनमा अनुपस्थित हुनसक्ने सम्भावना रहेको छ । यस्तो बेलामा प्रमुख प्रतिपक्षी र माओवादीले अविश्वासको प्रस्ताव पेश गरेमा पास हुने सम्भावना रहेको जनाइएको छ । आजको नागरिक दैनिकमा समाचार प्रकाशित छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७०२:४८:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend