शनिवार, आश्विन २४ २०८३Oct 10 2026

Logo
images images
राजनीतिक बिशेष

माधव नेपालसहित चार नेतालाई तीन दिनभित्र स्पष्टीकरण दिन निर्देशन, के अब एमाले फुट्छ ?

माधव नेपालसहित चार नेतालाई तीन दिनभित्र स्पष्टीकरण दिन निर्देशन, के अब एमाले फुट्छ ?

  • मिडिया डबली
  • सोमवार, चैत्र ९ २०७७

  • 5.6K
    SHARES

  • माधव नेपालसहित चार नेतालाई तीन दिनभित्र स्पष्टीकरण दिन निर्देशन, के अब एमाले फुट्छ ?

    काठमाडौं - नेकपा एमालेले पार्टी हितविपरीतको गतिविधिमा लागेको भन्दै वरिष्ठ नेता माधवकुमार नेपालसहित चार नेतालाई स्पष्टीकरण सोधेको छ ।

    एमाले महासचिव ईश्वर पोखरेलले सोमबार नेता नेपाल, भीम रावल, सुरेन्द्र पाण्डे र घनश्याम भुसाललाई तीन दिनभित्र स्पष्टीकरण पेस गर्न निर्देशन दिएका छन्।

    एमाले केन्द्रीय कार्यालयले चारै नेताको घरघरमा स्पष्टीकरण लगेर छाडिएको जनाएको छ । पार्टी कार्यालय सचिव ईश्वरी रिजालले स्वकीय सचिवहरूमार्फत् नेताहरूलाई स्पष्टीकरण पत्र थमाइएको जानकारी दिएका छन् । पार्टी हितविपरीत किन गतिविधि गरेको ? तीन दिनभित्र स्पष्टीकरण बुझाउनू भनी पत्रमा भनिएको छ ।

    शनिबार बसेको एमाले केन्द्रीय कमिटीको बैठकले माधव नेपालसहित चार नेतालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो। फागुन २८ गते एकलौटी रूपमा केन्द्रीय सदस्य थपेको र विधान संशोधन गरेको भन्दै नेपाल समूह शनिबारको बैठकमा गएको थिएन। प्रधानमन्त्री केपी ओलीले बोलाएको संसदीय दलको बैठकमा समेत माधव पक्षीय सांसद अनुपस्थित रहेका थिए ।

    एमालेमा हजारौं नेता ओलीविरुद्ध लागे पनि अहिलेलाई नेपाल, रावल, पाण्डे र भुसाललाई कारबाही गरेर अरुलाई तर्साउने नीति अख्तियार गरिएको छ । माधवपछि झलनाथ खनाल, योगेश भट्टराई, रामकुमारी झाँक्रीलगायतलाई स्पष्टीकरण सोध्दै कारबाही गर्ने रणनीति ओलीको छ ।

    त्यसका लागि ओलीलाई पार्टीमा सर्वाधिकार प्रदान गरिएको छ । यस्तै, अध्यक्षलाई सर्वाधिकार प्रदान गर्दा माओवादी पार्टी चिराचिरामा विभाजन भएको थियो । के अब एमाले त्यही दिशामा गएको हो ? भन्ने चासो देखिएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७१०:३३:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend