आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

कांग्रेसभित्र सभापति देउवामाथि बढ्यो दबाब, पौडेल समूहको यस्तो निर्णय

कांग्रेसभित्र सभापति देउवामाथि बढ्यो दबाब, पौडेल समूहको यस्तो निर्णय

  • मिडिया डबली
  • सोमवार, चैत्र ९ २०७७

  • 3.8K
    SHARES

  • कांग्रेसभित्र सभापति देउवामाथि बढ्यो दबाब, पौडेल समूहको यस्तो निर्णय

    काठमाडौं – नेपाली कांग्रेसमा वरिष्ठ नेता रामचन्द्र पौडेल समूहका नेताहरूले सभापति शेरबहादुर देउवाको अलमलका कारण पार्टी अनिर्णयको बन्दी हुन पुगेको निष्कर्ष निकालेका छन् ।

    पौडेल समूहका शीर्ष तहका नेताहरुको आईतवार भएको छलफलले प्रधानमन्त्री केपी शर्मा ओलीको विकल्पमा कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा) गठबन्धनको सरकार निर्माणका लागि नेतृत्वलाई दबाब दिने निर्णय गरेको छ ।

    प्रधानमन्त्रीका लागि पार्टीले यसअघि नै संसदीय दलका नेता समेत रहेका देउवाका नाममा सर्वसम्मतिबाट निर्णय लिइसकेको छ तर देउवाले आफ्नै नेतृत्वको सरकार बनाउन पहल नगरेपछि नेता पौडेल सशंकित बनेका छन् ।

    बोहराटारस्थित पौडेल निवासमा भएको छलफलमा प्रधानमन्त्री ओलीले एकलौटी रुपमा निरंकुश शासन सत्ताको अभ्यास गरिरहेकाले उनको डिजाइनमा पार्टी फस्न नहुने निष्कर्ष निकालेको छ ।

    पौडेल समूहले सोमवार हुने पार्टी पदाधिकारी र पूर्व पदाधिकारीको बैठकमा अनिर्णयको बन्दीमा पार्टीलाई नराख्न दबाब दिने रणनीति बनाएको छ । कांग्रेसले निर्णय गरे जसपाको सिंगो पार्टीले साथ दिने बुझाइ पौडेल समूहको रहेको छ ।

    वरिष्ठ नेता पौडेलले सत्ता समीकरण र पार्टी महाधिवेशनका विषयमा पदाधिकारी र पूर्व पदाधिकारीको बैठकमा छलफल हुने बताएका छन् । ‘यो अन्योलमा मुलुकलाई धेरै समय राख्नु हुन्न । कांग्रेस जस्तो पार्टी निकासका लागि निर्णयमा पुग्नुपर्छ,’ उनले भने, ‘कसरी निकास खोज्न सकिन्छ भनेर नै हाम्रो छलफल भएको हो ।’

    पौडेलले क्रियाशील सदस्यता, पार्टीको समायोजन र आफूहरुले उठाएको १६ बुँदे मागका विषयमा समेत छलफल गरेको बताएका छन् ।

    अर्का नेता रामशरण महतले सत्ता समीकरण कार्यक्रमका आधारमा हुनुपर्नेमा जोड दिएका छन् । प्रधानमन्त्री ओलीलाई विस्थापन गर्ने मुख्य एजेन्डा बोकेको माओवादी केन्द्रले सरकारबाट अलग भएको घोषणा नगरेकाले पनि अन्योल बढाएको पौडेल समूहको भनाइ थियो ।

    माओवादी केन्द्रले सरकारबाट अलग भएको घोषणा गर्नासाथ प्रधानमन्त्री ओलीले ३० दिनभित्र विश्वासको मत लिनुपर्छ । विश्वासको मतमा प्रधानमन्त्री असफल हुने र वैकल्पिक सरकार निर्माणको बाटो खुल्ने महतको भनाइ रहेको छ ।

    ‘अर्को सरकार बनाउने कुरामा विषयगत रुपमा सहमति हुनुपर्छ । कस्तो नीति र कार्यक्रम अघि बढाउने, सरकारको बाँडफाँट कसरी गर्ने भन्ने आधारमा सरकार निर्माण गर्नुपर्छ भन्ने मेरो जोड हो,’ उनले भने, ‘माओवादी केन्द्र सरकारबाट अलग भएपछि मात्रै को–को मिल्ने, साझेदारी कसरी गर्ने भन्ने कुराकानी हुन्छ ।’ आजको कान्तिपुर दैनिकमा समाचार प्रकाशित छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend