काठमाडौं – नेपाली कांग्रेसका प्रभावशाली युवा नेता तथा पूर्व सांसद रामहरि खतिवडाले गाउँका बिरामीलाई उद्धार गरेर उपचारका लागि काठमाडौं ल्याएका छन् ।
ओखलढुंगा जिल्लाको चम्पादेवी–६ का गोविन्द न्यौपाने बिरामी भएर उपचार नपाइरहेको बेला नेता खतिवडाले हेलिकप्टरबाट उद्धार गरेर काठमाडौं ल्याएका हुन् ।
न्यौपानेलाई काठमाडौंको वीर अस्पतालमा भर्ना गरेर उपचार भइरहेको नेता खतिवडाले जानकारी दिए ।

नेता खतिवडाले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘आज एउटा मन्दिरको उद्घाटन गर्न ओखलढुंगा गएको थिएँ । चम्पादेवी–६ का गोविन्द न्यौपाने बिमारी हुनुहुँदो रहेछ । उपचार गर्न काठमाडौं आउनुपर्ने, मलाई अस्पताल लगिदिन आग्रह गर्नुभयो, हेलिकप्टरमा ल्याएर वीर अस्पतालमा उपचार गर्न पठाएको छु । जय नेपाल ! जय होस् ।’
मनकारी नेताको छवि बनाएका नेता खतिवडाले यसअघि समेत समस्यामा परेका सर्वसाधारणलाई सहयोग गर्दै आएका छन् ।


मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।