शनिवार, आश्विन २४ २०८३Oct 10 2026

Logo
images images

मेराविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने कसैको ल्याकत छैन : केपी ओली

मेराविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने कसैको ल्याकत छैन : केपी ओली

  • मिडिया डबली
  • शनिवार, चैत्र ७ २०७७

  • 5.7K
    SHARES

  • मेराविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने कसैको ल्याकत छैन : केपी ओली

    काठमाडौं – कम्युनिस्ट प्रधानमन्त्री तथा नेकपा एमाले संसदीय दलका नेता केपी शर्मा ओलीले आफ्नो सरकारविरुद्ध अविश्वासको प्रस्ताव ल्याउन सक्ने कसैको पनि ल्याकत नभएको बताएका छन् ।

    प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शनिबार बसेको नेकपा एमाले संसदीय दलको बैठकलाई सम्बोधन गर्दै ओलीले अविश्वासको प्रस्ताव आउने भए प्रतिनिधिसभा पुनर्स्थापना भएलगत्तै आइसक्ने बताए ।

    उनले अविश्वासको प्रस्ताव ल्याउन सक्ने ल्याकत कसैमा नदेखिएको बताए । ‘मेरो सरकारविरुद्ध अविश्वासको प्रस्ताव ल्याउन सक्ने सम्भावना नै छैन, अविश्वास प्रस्ताव ल्याउन सक्ने ल्याकत देखिएको पनि छैन । ल्याउने भए पुनर्स्थापना भएसँगै ल्याउँथ्यो, अब त्यो सम्भावना छैन,’ उनले भने ।

    नेता वामदेव गौतम समेत उपस्थित रहेको संसदीय दलको बैठकमा ओलीले माधवकुमार नेपाल र झलनाथ खनाल समूह एमाले विभाजनमा लागेको आरोप लगाएका छन् । कार्यकर्ता भेलाको नाममा पार्टीहित विपरीत काम गर्नेहरुले माफी माग्नुपर्ने ओलीले बताएका छन् ।

    ओलीले पार्टीभित्र गुटगत काम गर्नेलाई कारवाही हुने बताए । छुट्टै भेला गरिरहेका अगुवाकर्ताहरूलाई कारबाही गरेर जानुको विकल्प नरहेको ओलीले बताएका छन् । ‘त्यसका लागि विधि र पद्धति बनाउने आधार तयार गर्दैछौं,’ उनले भने, ‘भोलि विधि पुगेन भनेर विरोध नहोस् भनेर हामी सचेत छौं । पार्टीभित्र गुटगत काम गर्नेलाई कारबाही हुन्छ । उहाँहरूका गतिविधि कारबाहीका भागिदार हुनुहुन्छ ।’

    नेता गौतमलाई एकताको कुरा छाड्न ओलीले आग्रह गरेका छन् । ओलीले गौतमलाई लक्षित गर्दै एकता–एकता भनेर पछि नलाग्न आग्रह गरेका छन् ।

    ‘नेकपादेखि एमालेसम्म तपाईं एकता–एकता भन्दै हिँड्नुभएको छ । एकता कसले नचाहेको छ ? बुझ्नुभयो होला नि !’ उनले भने, ‘अब पनि यसै भन्नुहुन्छ कि छाड्नुहुन्छ ? एकता–एकता भनेर पछि नलाग्नुस् । उहाँहरु एमालेमा बस्न चाहनु नै भएको छैन । पार्टी कसरी एक बनाएर अघि बढ्न सकिन्छ ? बरु त्यसतर्फ लागौं ।’

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७१०:३३:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend