शनिवार, आश्विन २४ २०८३Oct 10 2026

Logo
images images

सरकारी पद छाडेर एमालेमै फिर्ता 

सरकारी पद छाडेर एमालेमै फिर्ता 

  • मिडिया डबली
  • शनिवार, चैत्र ७ २०७७

  • 5.7K
    SHARES

  • सरकारी पद छाडेर एमालेमै फिर्ता 

    काठमाडौं – महान्यायाधिवक्ता अग्निप्रसाद खरेलले पदबाट राजीनामा दिँदै सक्रिय राजनीतिमा फर्कने घोषणा गरेका छन् ।

    २०७४ फागुन ८ गते प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा उनी राष्ट्रपतिबाट महान्यायाधिवक्ता नियुक्त भएका थिए ।

    सरकारको प्रमुख कानूनी सल्लाहकारका रुपमा रहेका खरेलले आफूले प्रधानमन्त्री ओलीसँग परामर्श गरेपछि राजीनामा दिएको शुक्रवार पत्रकार सम्मेलनमा जानकारी गराए ।

    ‘प्रधानमन्त्रीसँग भेटेर कुरा भयो । उहाँको र मेरो कुरा एउटै थियो । जहाँबाट आएको थिएँ, म त्यतै फर्कन्छु,’ खरेलले भने, ‘फूटबल खेल्नका लागि बाहिरबाट हुन्न, मैदानमा फर्कंदैछु ।’

    प्रधानमन्त्रीले राजीनामा नदिँदासम्म नियुक्त गरेका सरकारका कानूनी सल्लाहकारले पद छोड्ने प्रचलन खासै छैन । यसअघि पूर्व महान्यायाधिवक्ता बद्रीबहादुर कार्कीले पनि प्रधानमन्त्री शेरबहादुर देउवाको कार्यकाल छँदै राजीनामा गरेका थिए ।

    खरेल नेकपा एमालेका तर्फबाट यसअघि कानून मन्त्री समेत भइसकेका छन् । उनले २०४७ सालको संविधान निर्माणका क्रममा एमाले नेता माधवकुमार नेपालको सहयोगीको रुपमा काम गरेका थिए ।

    पत्रकार सम्मेलनमा उनले पार्टीबाट जुनसुकै जिम्मेवारी पाए पनि निर्वाह गर्ने बताएका छन् । ‘राजनीतिक जीवनमा क्रियाशील हुन्छु । निष्ठापूर्वक काम गर्छु । शिर निहुर्‍याएर हिँड्ने काम गर्दिनँ,’ खरेलले भने ।

    आफूले महान्यायाधिवक्ता कार्यालयमा आएपछि ३ वर्षमा गर्न सक्ने सबै काम गरेको र अब योभन्दा बढी काम गर्न नसक्ने भएकाले राजीनामा दिएको उनले बताएका छन् । आफूले पदमा रहेर सरकारको जमेर प्रतिरक्षा गरेको दाबी उनले गरेका छन् ।

    संसद विघटनको मुद्दामा प्रधानमन्त्री असन्तुष्ट भएर राजीनामा आएको हो भन्ने प्रश्नमा खरेलले भने, ‘अदालतमा प्रतिरक्षा गर्दा प्रधानमन्त्रीले धन्यवाद दिनुभएको थियो । हाम्रो प्रतिरक्षा कानूनसंगत थियो । फैसला त अदालतको विषय हो,’ खरेलले भने, ‘प्रधानमन्त्रीसँग म अहिले पनि छु, पछि पनि हुनेछु ।’

    खरेलले आफू पदमा रहेर संविधान कार्यान्वयनमा जोड दिएको प्रसंग सुनाएका थिए । मौलिक हक कार्यान्वयन सम्बन्धी कानूनहरुको तर्जुमा, प्रदेश, स्थानीय तहको कानून निर्माणमा सहजीकरण गरेको उनले बताए ।

    संहिता कार्यान्वयन, फौजदारी कानूनमा सुधार, संस्थागत सुधार गरेको दाबी उनले गरे । यस अवधिमा ३९ वटा सरकारी वकिलका कार्यालय भवन उद्घाटन भएको जानकारी खरेलले दिए । संविधान कार्यान्वयन र मुलुकी संहिता कार्यान्वयनका साथै फौजदारी न्याय प्रशासनको जिम्मेवारीमा आएकाले पूरा गरी फर्केको खरेलले बताएका छन् । खरेलले आफ्नो कार्यकालमा महान्यायाधिवक्ता र विभिन्न जिल्ला सरकारी वकिलको कार्यालय भवन निर्माणमा जोड दिएका थिए । आजको नागरिक दैनिकमा समाचार प्रकाशित छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७१०:३३:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend