काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले कांग्रेस नेतृत्वमा सरकार बन्ने अवधिको मितिबारे जानकारी गराउँदै अबको २ हप्ताभित्र सरकार बन्ने बताएका छन् ।
शुक्रवार चितवनमा पत्रकारसँगको भेटमा कोइरालाले सरकार परिवर्तनको विषयमा कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा) बीच छलफल भइरहेको बताएका छन् ।
‘माओवादी केन्द्र र मधेशवादी दलबीच भएको छलफल निष्कर्षमा पुग्छ र कांग्रेसको नेतृत्वमा सरकार बन्छ,’ उनले भने ।
नेपाली कांग्रेस पर्ख र हेरको अवस्थामा रहेको कोइरालाले बताएका छन् । माओवादी केन्द्र सरकारमा रहिरहेका कारण कांग्रेसको सरकार बनाउन केही समय लागेको कोइरालाले बताएका छन् ।
‘अहिले माओवादी केन्द्र सरकारमा छ । उनीहरू फर्कन्छन् कि फर्कंदैनन् भन्ने हेर्नुपर्छ तर हाम्रो प्रयत्न माओवादी केन्द्रलाई अहिलेको सरकारबाट बाहिर ल्याउने रहेको छ,’ कोइरालाले भने ।
प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले चालेको प्रतिगमनकारी कदमलाई सर्वोच्च अदालतले सच्याइदिएको भन्दै कोइरालाले संविधानको रक्षा गर्ने जिम्मेवारी कांग्रेसको काँधमा आएको बताएका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।