शनिवार, आश्विन २४ २०८३Oct 10 2026

Logo
images images

महान्यायाधिवक्ता अग्नि खरेल पत्रकार सम्मेलन नै गरेर राजीनामा दिँदैछन् ?

महान्यायाधिवक्ता अग्नि खरेल पत्रकार सम्मेलन नै गरेर राजीनामा दिँदैछन् ?

  • मिडिया डबली
  • शुक्रवार, चैत्र ६ २०७७

  • 5.9K
    SHARES

  • महान्यायाधिवक्ता अग्नि खरेल पत्रकार सम्मेलन नै गरेर राजीनामा दिँदैछन् ?

    काठमाडौं – सरकारका महान्यायाधिवक्ता अग्नि खरेलले विशेष पत्रकार सम्मेलन आयोजना गरेका छन् ।

    आज शुक्रवार दिउँसो १ बजे कार्यालयमै खरेलले पत्रकार सम्मेलनको आयोजना गरेका छन् ।

    पत्रकार सम्मेलनको विषयबारे खुलाइएको छैन । पत्रकार सम्मेलनमा महान्यायाधिवक्ता खरेलले राजीनामाको घोषणा गर्न सक्ने स्रोतले जनाएको छ ।

    महान्यायाधिवक्ताको कार्यालयका प्रवक्ता सञ्जीवराज रेग्मीले समेत खरेलको राजीनामाबारे जानकारी नरहेको बताएका छन् । उनले पत्रकार सम्मेलनबाटै राजीनामा घोषणा गर्ने भएकाले पहिल्यै नखुलाइएको स्रोतले जनाएको छ ।

    ‘विशेष रूपमा पत्रकार सम्मेलनको आयोजना गरिएको छ, पत्रकार सम्मेलनमै सबै कुरा थाहा होला,’ रेग्मीले भने ।

    प्रतिनिधिसभा विघटन सम्बन्धी मुद्दामा कमजोर बहस गरेको भन्दै प्रधानमन्त्री केपी शर्मा ओली पक्ष महान्यायाधिवक्ता खरेलसँग असन्तुष्ट रहेको थियो । सर्वाेच्च अदालतको फैसलामा सरकारी पक्ष हारेको थियो ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७१०:३३:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend