काठमाडौं – स्थानीय तह निर्वाचनमा नेपाल कम्युनिस्ट पार्टी एमालेबाट विजयी भएका बैतडीको दोगडाकेदार गाउँपालिका वडा नम्बर ७ का वडाध्यक्ष भरतसिंह महरा एक महिलासँग रङ्गेहात पक्राउ परेका छन् ।
स्थानीय खोचलेक बजारको एक होटलको कोठाबाट शंकास्पद रुपमा भेटिएका वडाध्यक्ष र महिलालाई नियन्त्रणमा लिइएको प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) नारायणप्रसाद अधिकारीले बताए ।
दुबै जनालाई बिहान ३ बजे होटलको कोठाबाट नियन्त्रणमा लिइएको थियो । दुबै जना होटलको कोठामा रहेको भन्ने जानकारी वडाध्यक्ष महराकी श्रीमतीले पाएपछि उनले नै प्रहरीलाई खबर गरेकी हुन् ।
शंकास्पद भेटिएका दुबै जनालाई जिल्ला सदरमुकाम ल्याइन लागिएको डीएसपी अधिकारीले जानकारी दिए ।
‘दुबै जनालाई एउटै कोठाबाट नियन्त्रणमा लिएका हौं, जिल्ला ल्याइँदैछ, थप बुझ्छौं । अहिले नै सबै कुरा भन्न सकिने अवस्था छैन, पार्टीको काम भएकाले सँगै कोठामा बसेको भनेका छन्,’ अधिकारीले भने ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।