काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले फोन गरेर भेट्न आग्रह गरेको खुलासा गरेका छन् ।
सिन्धुली जिल्लामा भ्रमणका लागि पुगेका अध्यक्ष प्रचण्डले आज बिहीबार आयोजित एक कार्यक्रममा फोन गरेकोबारे खुलासा गरे ।
कार्यकर्ता भेलामा सम्बोधन गर्दै प्रचण्डले भने, ‘अस्ति बिहान केपीजीको फोन आयो, एकपल्ट कुरा गर्नुपर्यो कमरेड भनेर भन्नुभयो । मेरो मनका कुरा सबै तपाईंलाई भन्न चाहन्छु भन्नुभयो तर मैले भेट्न मानिनँ ।’
प्रचण्डले राष्ट्रपतिकहाँ भेट भएको उल्लेख गर्दै अब आफू केपीसँग नझुक्किने बताएका छन् ।
‘मनका कुरा भन्ने हो भने खुमलटार आएरै भन्नुस् भन्नेवाला छु,’ उनले भने, ‘अब झुक्किने समय सकियो ।’ प्रधानमन्त्री ओलीले पटक–पटक धोका दिएकाले अब धोका नखाने प्रचण्डले बताउँदै आएका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।