शनिवार, आश्विन २४ २०८३Oct 10 2026

Logo
images images
राजनीतिक विशेष

माधव, झलनाथ, मोहनचन्द्र, राधाकृष्ण, सिद्धिलाल, प्रदीप नेपालसम्म क–कसलाई कारबाही गर्ने ? तनावमा ओली

माधव, झलनाथ, मोहनचन्द्र, राधाकृष्ण, सिद्धिलाल, प्रदीप नेपालसम्म क–कसलाई कारबाही गर्ने ? तनावमा ओली

  • मिडिया डबली
  • बुधवार, चैत्र ४ २०७७

  • 21.3K
    SHARES

  • माधव, झलनाथ, मोहनचन्द्र, राधाकृष्ण, सिद्धिलाल, प्रदीप नेपालसम्म क–कसलाई कारबाही गर्ने ? तनावमा ओली

    काठमाडौं - नेपालका नेल्सन मण्डेलाका नामले परिचित मोहनचन्द्र अधिकारीले आफूले बनाएको पार्टीको कार्यक्रममा सहभागी हुन पाउँदा खुसी लागेको बताएका छन् ।

    ‘यो पार्टी ०२४ सालमा म समेतले बनाएको हो, आज यहाँ आउँदा खुसी लागेको छ,’ एमालेको माधव नेपाल–झलनाथ खनाल पक्षको बुधबारको राष्ट्रिय कार्यकर्ता भेलामा उनले भने ।

    ललितपुरको सानेपामा सुरु भएको एमालेको नेपाल–खनाल पक्षको राष्ट्रिय कार्यकर्ता भेलामा धेरैजसो वरिष्ठ नेताहरू सहभागी भएका छन् । झापा आन्दोलनका पहिलो गुरिल्ला कमाण्डर अधिकारी, राधाकृष्ण मैनाली, मोदनाथ प्रश्रित, प्रदीप नेपाल, कमल कोइराला, सिद्धिलाल सिंह, गोविन्द ज्ञवालीदेखि केशरमणि पोखरेलसम्मका पुराना एमालेका नेताहरू भेलामा सहभागी भएका छन् ।

    एमाले अनुशासन आयोगका अध्यक्ष अमृतकुमार बोहोरा, तीनजना उपाध्यक्ष, दुईजना सचिव, एकजना उपमहासचिव भेलामा उपस्थित भएका छन् । कार्यकर्ता भेलामा पुराना नेता कार्यकर्ता उपस्थित भएकाले एमाले अध्यक्ष केपी ओली पक्षले अब क–कसलाई कारबाही गर्ने ? भन्ने चुनौती देखिएको छ ।

    ओली र ईश्वर पोखरेलले मंगलबार माधव–झलनाथको भेलामा जानेलाई कारबाही गर्ने चेतावनी दिएका थिए । तर, भेलामा अपेक्षा गरेभन्दा धेरै नेता कार्यकर्ता उपस्थित भएपछि असन्तुष्ट समूह दंग देखिएको छ । यो भेलाले ओलीलाई सच्चिन दबाब दिने देखिएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७१०:३३:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend