काठमाडौं - ‘उहाँ’ राष्ट्रको अविभावक हो कि प्रधानमन्त्रीको प्रवक्ता ?’ बुधबार बिहान राजनीतिशास्त्री कृष्ण पोखरेलले ट्विटमा लेखेको स्टाटस हो यो ।
राजनीतिक विश्लेषक पोखरेलको ट्विट मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारीले आयोजना गरेको सर्वदलीय बैठक र त्यहाँ प्रस्तुत उनको विचारलाई लिएर आएको हुनुपर्छ ।
सर्वदलीय बैठकमा राष्ट्रपति भण्डारी प्रधानमन्त्री केपी ओलीको प्रवक्ता जसरी प्रस्तुत भएको दलका नेताहरूले अनुभूत गरेका छन् । उनले ताजा जनादेशमा जान सल्लाह दिनुले प्रधानमन्त्री ओलीकै डिजाइनमा राष्ट्रपतिले सर्वदलीय बैठक बोलाएको प्रस्ट हुन्छ ।
सर्वदलीय बैठकमा ओलीले राष्ट्रपतिको आड पाएर प्रतिनिधिसभा र सरकारलाई काम गर्न नदिइएको भन्दै चुनावमा जानुपर्ने बताएका थिए । उनको त्यो प्रस्तावप्रति नेताहरूले आपत्ति जनाएका थिए ।
सबैभन्दा चिन्ताको विषय भनेको अहिले राष्ट्रपति भण्डारीले खेलेको भूमिका हो । प्रधानमन्त्री ओलीले संसद् विघटनको सिफारिस गर्नेवित्तिकै राष्ट्रपतिले तुरुन्तै सदर गरिदिइन् । एकचोटि पनि कोहीसँग सल्लाह सुझाव लिइनन् । न त कानुन व्यवसायीसँग नै राय मागिन् ।
अहिले ओली चौतर्फी संकटमा परेपछि शीतल निवासमा छटपटी बढेको छ । सोही कारण उनले सर्वदलीय बैठक राखेर ओलीको कदमको समर्थन गर्न अप्रत्यक्ष दबाब दिइन् ।
त्यही भएर अहिले सर्वत्र राष्ट्रपतिलाई प्रधानमन्त्रीको सहयोगी भनेर आलोचना गरिएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।