आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

एमाले भ्रष्टाचारमा लिप्त भएपछि यी नेता एमाले छाडेर कांग्रेसमा प्रवेश

एमाले भ्रष्टाचारमा लिप्त भएपछि यी नेता एमाले छाडेर कांग्रेसमा प्रवेश

  • मिडिया डबली
  • सोमवार, चैत्र २ २०७७

  • 20.0K
    SHARES

  • एमाले भ्रष्टाचारमा लिप्त भएपछि यी नेता एमाले छाडेर कांग्रेसमा प्रवेश

    काठमाडौं – नेकपा एमालेभित्र गुटबन्दी र स्वार्थ बढेपछि झगडा चर्किएका बेला बझाङ जिल्लाका स्थानीय नेता मीनबहादुर सिंह नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।

    सोमवार बझाङमा आयोजित कार्यक्रममा नेकपा एमालेमा आवद्ध जयपृथ्वी नगरपालिका–१० कुच बस्ने मीनबहादुर सिंह कांग्रेसमा प्रवेश गरेका छन् ।

    सिंहलाई पार्टी प्रवेश गराउनमा नेपाल तरुण दलका बझाङ सचिव कलक थापाले मुख्य भूमिका रहेको जनाइएको छ । केही दिनअघि स्थानीय गगन आग्री समेत कांग्रेसमा प्रवेश गरेका थिए ।

    नेकपा एमालेका जनपा–३ का संगठित सदस्य भक्त विष्टले समेत कांग्रेसमा प्रवेश गरेका जिल्ला सचिव भरत खड्काले बताएका छन् ।

    पार्टी प्रवेश गर्ने सबैलाई नेपाली कांग्रेस पूर्व पार्टी सभापति पृथ्वीबहादुर सिंह, सभापति हर्कजंग बहादुर सिंह, पूर्व मन्त्री नरेश सिंह लगायतका नेताहरूले खादासहित सदस्यता दिएर प्रवेश गराएका छन् । 

    पार्टी प्रवेश कार्यक्रमको सञ्चालन नेता खगेन्द्र जोशीले गरेका थिए ।

    नेकपा एमाले भ्रष्टाचारमा लिप्त भएको, पछिल्लो चरणमा गतिविधि राम्रो नगरेको, देश र जनतालाई धोका दिएको केपी सरकारले जथाभावी जनतालाई दुःख दिएको भन्दै नेपाली कांग्रेसमा प्रवेश गरेको मीनबहादुर सिंहले बताएका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend