काठमाडौं - नेकपा र त्यसपछि एमालेमा देखिएको विवादका कारण सबैभन्दा समस्यामा वामदेव गौतम परेका छन् ।
सर्वोच्च अदालतले एमाले र माओवादी केन्द्र अलग अलग भएको भन्दै फैसला गरेपछि वामदेव न त प्रधानमन्त्री केपी ओली, न त मावधकुमार नेपाल, न त माओवादी केन्द्रतिर नै लाग्न सकेका छन् । प्रधानमन्त्री ओलीले मंगलबार बिहान बालुवाटारमा चियापान आयोजना गरेका छन् ।
उनले सबै केन्द्रीय सदस्यलाई निमन्त्रणा गरेका छन् । तर, ओलीकै चियापानको समय पारेर वामदेवले आफू निकटका नेताको बैठक बोलाएका छन् । गौतमले मंगलबार बिहान बल्खुमा बैठक बोलाएका हुन् ।
प्रधानमन्त्री केपी अोलीले उपाध्यक्षसहित एमालेका सबै पदाधिकारी खारेज गरेपछि सोही विषयमा छलफल गर्न बैठक बोलाएको बताइएको छ । गौतमले यसअघि प्रधानमन्त्री अोलीसँग मिल्ने र सँगै जाने सबै सम्भावना समाप्त भएको घोषणा गरेका थिए ।
गत शुक्रबार प्रधानमन्त्री ओलीले महासचिवबाहेकका सबै पद खारेज गरेका थिए । उनले आफू निकट नेताहरुको केन्द्रीय कमिटी बैठक राखेर नेपाल पक्षले पाएका सबै जिम्मेवारी खोसेपछि माधव नेपाल पक्ष रुष्ट छ ।
यहीबीचमा ओलीले आज पार्टी कार्यालय धुम्बाराहीमा माधवकुमार नेपाल, झलनाथ खनालसहितका नेतासँग भेटवार्ता गरिरहेका छन् । तर, ओलीले वामदेवलाई भ्यालु नै दिएनन् । आफूसँग छलफल नगर्ने ओलीको मनसायपछि वामदेवले मंगलबार बैठक बोलाएका हुन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।