काठमाडौं - प्रधानमन्त्री केपी ओलीले केही दिनअघि राजधानीमा आयोजित एक कार्यक्रममा देशमा हिंसाको वातावरण सकिएको दाबी गरेका थिए ।
तराईको सिके राउत समूह र विप्लव नेकपालाई मूलधारको राजनीतिमा ल्याएको दाबी गर्दै ओलीले भनेका थिए– देशमा विखण्डन र हिंसा समाप्त भयो ।
तर, ओलीले त्यसो भनेको साता नबित्दै सिराहामा आइतबार भयानक कुकर बम विस्फोट भएको छ । जसबाट आठजना घाइते भएका छन् । नेपाली सेनाको हेडक्वार्टरमा आयोजित पृतनापति सम्मेलनमा ओलीले भनेका थिए– ‘अब देशमा कुनै त्यस्तो हिंसात्मक समूह छैन । विखण्डनवाद र हिंसा सकियो ।’
तर सिरहामा आइतबार दिनदहाडै बम विस्फोट भएपछि शंकाको सुई सरकारतिर सोझिएको छ । किनभने आइतबार गोइत समूहका नेतालाई ओली सरकारका मन्त्री लीलाराज श्रेष्ठले सिरहामा सार्वजनिक गरेका छन् ।
भूमिगत जनतान्त्रिक तराई मुक्ति मोर्चा (क्रान्तिकारी) का पोलिटब्युरो सदस्य रामविलास यादव सार्वजनिक भएका छन् । जिल्ला प्रशासन कार्यालय सिराहामा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री श्रेष्ठको रोहवरमा यादव सार्वजनिक भएका हुन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।