शनिवार, आश्विन २४ २०८३Oct 10 2026

Logo
images images

मानिसलाई विश्वास गर्नै गाह्रो हुने गतिमा सरकारले विकास गरिरहेको छ : केपी ओली

मानिसलाई विश्वास गर्नै गाह्रो हुने गतिमा सरकारले विकास गरिरहेको छ : केपी ओली

  • मिडिया डबली
  • आइतवार, चैत्र १ २०७७

  • 5.2K
    SHARES

  • मानिसलाई विश्वास गर्नै गाह्रो हुने गतिमा सरकारले विकास गरिरहेको छ : केपी ओली

    काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले विरोधका लागि विरोध गर्ने प्रवृत्तिका बाबजुद सरकारले ‘समृद्ध नेपाल, सुखी नेपाली’को आकांक्षा पूरा गर्न विकास निर्माणका कामलाई तीब्रता दिएको दाबी गरेका छन् ।

    संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आईतबार आयोजना गरेको प्रादेशिक एवं स्थानीय सडक निर्माण तथा सुधार कार्यक्रम शुभारम्भ गर्दै प्रधानमन्त्री ओलीले केही व्यक्तिले विरोधकै लागि भएपनि विरोध गर्ने गरेको आरोप लगाएका छन् ।

    ‘विरोधका लागि विरोध, जसरी पनि विरोध गर्ने प्रवृत्ति, आफ्नो स्वार्थ पूरा गर्नका लागि हिरिक्क हुने प्रवृत्ति भएको देशमा हामीले दीगो विकास दृढताका साथ तीव्र गतिमा अघि बढाएका छौं,’ ओलीले भने, ‘यसलाई स्थायित्व र निरन्तरता दिनुपर्छ ।’

    ओलीले विकासलाई जनताको जीवनसँग जोड्नुपर्ने खाँचो औंल्याएका छन् । ‘जनताको जीवन हाम्रा निम्ति सबैभन्दा महत्त्वपूर्ण छ,’ ओलीले भने, ‘त्यसका निम्ति हाम्रा सम्पूर्ण प्रयास केन्द्रित गरेका छौं ।’

    सडक कालोपत्रे मात्र गर्ने नभई फराकिलो र सुरक्षित समेत हुनुपर्ने ओलीले बताएका छन् । नेपालको सन्दर्भमा मानिसलाई विश्वास गर्न गाह्रो हुने गतिमा सरकारले विकास निर्माणको कार्यलाई अघि बढाएको ओलीले बताएका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७१०:३३:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend