काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँणले अहिले पनि नेपाली कांग्रेसले प्रधानमन्त्रीले राजीनामा दिएर मार्गप्रशस्त गर्छन् भन्ने विश्वास गरेको बताएका छन् ।
‘आफैंले भंग गरेको संसद सर्वोच्चले स्थापना गरिदिएपछि प्रधानमन्त्री जवाफदेही बन्नु पर्दैन,’ नेता खाँणले भने, ‘आफैंले भंग गरेको संसदमा कसरी अध्यादेश ल्याउने, कसरी नीति तथा कार्यक्रम प्रस्तुत गर्ने, कसरी बजेट ल्याउने । अहिले पनि प्रधानमन्त्रीले मार्गप्रशस्त गर्नुहोला भन्ने विश्वास छ ।’
शनिवार प्रेस युनियन दाङले तुलसीपुरमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य खाँणले प्रधानमन्त्रीले मार्गप्रशस्त गरेपछि ‘कोर्स करेक्सन’ भएर जाने र नगरे प्रधानमन्त्री थप नांगिएर जाने चेतावनी दिए ।
सरकारको नेतृत्व लिनेबारे नेपाली कांग्रेसले उचित समयमा उचित निर्णय गर्ने बताउँदै नेता खाँणले प्रधानमन्त्री समेत रहेका केपी ओलीले नेकपा एमालेका माधवकुमार नेपाल लगायतका नेताहरूलाई पदबाट हटाएको हुँदा अझै राजनीतिक परिदृष्य क्लीयर भई नसकेको हुँदा कांग्रेस थप प्रतिक्षारत रहेको बताएका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।