आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

कांग्रेसको अन्तिम प्रधानमन्त्री भन्नेहरू नै देउवाको दैलो धाइरहेका छन् : नेता खतिवडा

कांग्रेसको अन्तिम प्रधानमन्त्री भन्नेहरू नै देउवाको दैलो धाइरहेका छन् : नेता खतिवडा

  • मिडिया डबली
  • शनिवार, फाल्गुण २९ २०७७

  • 7.2K
    SHARES

  • कांग्रेसको अन्तिम प्रधानमन्त्री भन्नेहरू नै देउवाको दैलो धाइरहेका छन् : नेता खतिवडा

    काठमाडौं – नेपाली कांग्रेसका प्रभावशाली युवा नेता तथा पूर्व सांसद रामहरि खतिवडाले सभापति शेरबहादुर देउवालाई कांग्रेसको अन्तिम प्रधानमन्त्री भन्नेहरू नै अहिले देउवाको दैलो धाइरहेको बताएका छन् ।

    ओखलढुंगा जिल्लाको सिद्धिचरण नगरपालिका–१२ स्थित जिल्ला समन्वय समितिको हलमा नेपाल शिक्षक संघद्वारा आयोजित नेपाल शिक्षक संघको सभालाई सम्बोधन गर्दै नेता खतिवडाले भने, ‘नेपाली कांग्रेसको अन्तिम प्रधानमन्त्री शेरबहादुर भन्नेहरू लर्को लागेर प्रधानमन्त्री बनी दिनुपर्‍यो भन्दै देउवा निवास धाएका छन् तर म भन्छु नेपाली कांग्रेस अस्थिरताको राजनीति गर्दैन ।’

    यतिबेला टुक्राटुक्रा भएका दल जोडेर केही नहुने बताउँदै नेता खतिवडाले कांग्रेस चुनावमा गएर बहुमत ल्याई सरकार चलाउनुपर्ने बताए । ‘दुईतिहाइ नजिक पुगेको कम्युनिस्ट सरकारले केही गरे, अब हजारौं टुक्रालाई जोडेर केही हुँदैन । अब नेपाली कांग्रेसले नै देशलाई फेरि केपी ओलीको विरुद्धमा सबै पार्टीलाई एकै ठाउँमा ल्याएर देशलाई फेरि छिटो निर्वाचनमा लगेर पहिलो पार्टी बनेर देश चलाउन तयार हुनुपर्छ,’ उनले भने ।

    देश अप्ठ्यारोमा परेका बेला कांग्रेसले सही बाटोमा हिँडाएको बताउँदै नेता खतिवडाले अंकगणितमा कांग्रेस हारेपनि सिद्धान्तमा जितेको बताए । 

    ‘देशमा जुन–जुन बेला अप्ठ्यारो परेको थियो, त्यो बेला नेपाली कांग्रेसले देशलाई सधैं सही बाटोमा हिँडायो । अंकगणितमा हारे पनि सिद्धान्त सधैं जितेको छ,’ उनले भने, ‘वारि खाना खाएर पारि गएर ढुंगा हान्ने खालका शक्तिलाई समेत कांग्रेसले संविधान बनाउन ल्यायो ।’

    २०१५ सालदेखि आजसम्म जति निर्वाचन भए पनि कम्युनिस्टले केही काम नगरेको उनले बताए । ‘दुईतिहाइको सरकारले जनताहरूलाई अस्थिरता, अशान्ति र झूटको आश्वासन मात्रा दिएको छ,’ उनले भने ।

    प्रतिनिधिसभा विघटनपछि पनि नेपाली कांग्रेसले सुझबुझपूर्ण निर्णय गरेको उनले बताए । ‘कांग्रेस सधैं कानूनी राज्यको पक्षको विश्वासमा रह्यो, कांग्रेस न त धर्ना बस्यो, न त अदालतलाई धम्की दियो । कांग्रेसले कानूनप्रति विश्वास आज पनि लियो, भोलि पनि लिनेछ ।’

    कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य भिष्मराज आङ्दाम्बे प्रमुख अतिथि रहेका थिए ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend