आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

एमालेभित्र विद्रोह : निर्वाचित पूर्व वडाध्यक्षसहित ७४ जना कांग्रेसमा प्रवेश

एमालेभित्र विद्रोह : निर्वाचित पूर्व वडाध्यक्षसहित ७४ जना कांग्रेसमा प्रवेश

  • मिडिया डबली
  • शनिवार, फाल्गुण २९ २०७७

  • 23.1K
    SHARES

  • एमालेभित्र विद्रोह : निर्वाचित पूर्व वडाध्यक्षसहित ७४ जना कांग्रेसमा प्रवेश

    काठमाडौं – ललितपुर जिल्लाको महालक्ष्मी नगरपालिका–८ लुभुमा नेकपा एमालेका निर्वाचन पूर्व वडाध्यक्षसहित ७४ जना नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।

    ललितपुर निर्वाचन क्षेत्र नम्बर २ का नेता महेन्द्रदेव सिंहको पहलमा एमालेबाट निर्वाचित पूर्व वडाध्यक्ष प्रेमलाल शाहीको नेतृत्वमा ७४ जनालाई नेपाली कांग्रेसमा प्रवेश गराइएको छ ।

    नेपाली कांग्रेस ललितपुरका जिल्ला सभापति तथा संविधानसभा सदस्य मदनबहादुर अमात्यको प्रमुख आतिथ्यमा भएको कार्यक्रमलाई सिंहसहित नवप्रवेशीलाई स्वागत गरिएको छ ।

    शनिबार ललितपुरको महालक्ष्मी नगरपालिका–८ लुभुमा पार्टी प्रवेश कार्यक्रम गराइएको नेपाली कांग्रेसका प्रभावशाली युवा नेता तथा केन्द्रीय खेलकुद विभाग सचिव मीनकृष्ण महर्जनले मिडिया डबलीलाई जानकारी दिए ।

    नेकपा एमाले आन्तरिक झगडामा रुमल्लिएको र जनतालाई झूटा आश्वासन मात्रै दिएकाले देश निर्माणमा सहयोग गर्न कांग्रेसमा प्रवेश गरेको नवप्रवेशीहरूले जानकारी दिएका छन् ।

    पछिल्लो समय नेकपा एमालेमा अध्यक्ष केपी शर्मा ओली र माधवकुमार नेपाल पक्षबीच द्वन्द्व बढ्दै गएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend