शनिवार, आश्विन २४ २०८३Oct 10 2026

Logo
images images
राजनीतिक बिशेष

प्रचण्डले देउवा भेट्दा खिसिट्युरी गर्ने ओली अहिले आफैं जसपासँग सत्ता टिकाइदिन हारगुहार गर्दै

प्रचण्डले देउवा भेट्दा खिसिट्युरी गर्ने ओली अहिले आफैं जसपासँग सत्ता टिकाइदिन हारगुहार गर्दै

  • मिडिया डबली
  • शुक्रवार, फाल्गुण २८ २०७७

  • 5.1K
    SHARES

  • प्रचण्डले देउवा भेट्दा खिसिट्युरी गर्ने ओली अहिले आफैं जसपासँग सत्ता टिकाइदिन हारगुहार गर्दै

    काठमाडौं - प्रधानमन्त्री केपी ओली कुनैबेला राजेन्द्र महतोलगायतका मधेसी नेताहरुलाई यूपी विहारको भन्दै हेप्ने गर्थे । संविधान लेख्ने बेला र भारतीय नाकाबन्दीका बेला मधेसीलाई कुनै अधिकार र पहिचान दिनुहुन्न भन्दै अपमानजनक शब्द प्रयोग गर्थे ।

    कतिसम्म भने घरको आँगन सम्म देखियो भने त्यसलाई पनि मधेस भनिदिने भन्दै मधेसी नेताको सेखी झार्थे । मधेसी जनतालाई अधिकार दिनुपर्ला भनेर हतार हतार संविधान जारी गर्ने ओली अहिले तिनै मधेस केन्द्रित दलका नेतासँग आफ्नो सत्ता जोगाइदिन हारगुहार गरिरहेका छन् ।

    नेकपामा विवाद चर्किएर दुई गुट बनेका बेला प्रचण्ड–माधव नेपाललगायतका नेताहरू नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा निवासमा छलफलका लागि पुग्दा ओलीले खिसिट्युरी गर्थे ।

    प्रधानमन्त्री बनिदिनुपर्यो भनेर किस्तीमा लिएर प्रचण्ड र माधव बुढानिलकण्ठ पुगे भनेर उडाउने गर्थे । तर, अहिले तिनै ओली मधेसी नेतासँग चार पाँच दिनदेखि दैलोमा कटोरा लिएर सत्ता बचाउको भीख मागेको देख्दा जोकसैले राजनीति भनेको अजीव हुन्छ भन्न थालेका छन् ।

    कतिसम्म भने केपी ओली प्रधानमन्त्रीको कुर्सी जोगाउन हत्या अभियोगमा अदालतले नै जन्मकैद सजाय तोकेका रेशम चौधरीलाई आममाफी दिएर रिहा गर्नसमेत ओली तयार देखिएका छन् ।

    संविधान संशोधनको आश्वासन दिएका छन् । आफूलाई प्रगतिशील भनेर दाबी गर्ने ओली दक्षिणपन्थी भनिएको जसपासँग मिलेर सत्ता टिकाउन लागिपरेका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७१०:३३:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend