शनिवार, आश्विन २४ २०८३Oct 10 2026

Logo
images images

सानो जसपाको ठूलो मुख : महन्थ, राजेन्द्र, उपेन्द्र र बाबुरामका यस्ता छन् छुट्टाछुट्टै स्वार्थ

सानो जसपाको ठूलो मुख : महन्थ, राजेन्द्र, उपेन्द्र र बाबुरामका यस्ता छन् छुट्टाछुट्टै स्वार्थ

  • मिडिया डबली
  • बिहिवार, फाल्गुण २७ २०७७

  • 11.6K
    SHARES

  • सानो जसपाको ठूलो मुख  : महन्थ, राजेन्द्र, उपेन्द्र र बाबुरामका यस्ता छन् छुट्टाछुट्टै स्वार्थ

    काठमाडौं – सर्वोच्च अदालतले फागुन २३ गते गरेको फैसला अनुसार निर्वाचन आयोगले प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ अध्यक्ष रहेको नेकपा खारेज गरिदियो । नेकपा खारेज भएसँगै नेकपा एमाले र नेकपा माओवादी केन्द्र अलग–अलग भएका छन् ।

    २०७४ फागुन २ गते नेकपा माओवादी केन्द्रको समर्थनमा प्रधानमन्त्री बनेका केपी शर्मा ओलीको ध्यान अहिले आफ्नो कुर्सी जोगाउनमा केन्द्रित भएको देखिन्छ । 

    प्रतिनिधि सभाको सबैभन्दा सानो दल जसपाका अध्यक्ष समेत रहेका पूर्व राजपाका पक्षका अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोको ध्यान भन्ने अहिले रेशम चौधरीको रिहाइमा नै केन्द्रित भएको देखिन्छ ।

    प्रधानमन्त्री ओली पनि अहिले धर्मसंकटमा परेका छन् । हालसम्म माओवादी केन्द्रले प्रधानमन्त्री ओलीलाई दिएको समर्थन फिर्ता लिएको छैन । माओवादी केन्द्रले समर्थन फिर्ता लिनेबित्तिकै प्रधानमन्त्री ओली अल्पमतमा पर्छन् । 

    उनले संसद्मा विश्वासको मत लिनुपर्छ । ओलीले विश्वासको मत आर्जन गर्न नसकेको अवस्थामा पदबाट राजीनामा दिनुपर्छ । यसको जोडबलमा लागिरहेका ओलीलाई महन्थ ठाकुर र राजेन्द्र महतोले ग्रिन सिग्नल दिएका छन् । महन्थ ठाकुर र राजेन्द्र महतोले सञ्चारमाध्यमहरूमा जे कुरा गरे पनि उनीहरूको एकसुत्रीय माग रहेको देखिन्छ । जुन हो, अदालतले दोषी ठहर गरेका रेशम चौधरीको रिहाइ । 

    नेता राजेन्द्र महतोले सार्वजनिक अभिव्यक्ति दिइरहेका छन् पछिल्लो समय, ‘केपी ओलीले ठग्नेबाहेक अरु काम गरेको छैन । त्यसकारण पहिले रेशम चौधरीको रिहाइ हुनुपर्‍यो, त्यसपछि ओलीसँग सहकार्य गर्न सकिन्छ ।’

    तर जसपामा बाबुराम भट्टराई र उपन्द्र यादव भने प्रधानमन्त्री ओलीलाई साथ दिएर अघि बढ्ने स्थितिमा देखिएका छैनन् । उनीहरूले आफ्नो पदका लागि प्रचण्डसँग सहकार्य गर्न तयार देखिएका छन् ।

    यसअघि ओली सरकारको मन्त्री भएर फर्किएका उपेन्द्र यादवलाई अहिलेको अवस्थामा प्रधानमन्त्री ओलीले मन्त्री नबनाउने देखिएपछि उनले ओलीलाई सहयोग गर्न तयार नभएका हुन् । 

    त्यसैगरी जसपा संघीय परिषद् अध्यक्ष समेत रहेका डा. बाबुराम भट्टराई पनि आफू प्रधानमन्त्री बन्ने दाउमा रहेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीका कटु आलोचक डा. भट्टराईलाई ओलीले कुनै पनि हालतमा प्रधानमन्त्री बन्न दिँदैनन् । त्यसकारण उनी पनि अहिले एक्लिएका प्रचण्डको पक्षमा उभिँदा सुविधाजनक स्थान पाउने विश्लेषण गरेर ओलीसँग सहकार्य गर्न नसकिने निष्कर्षमा पुगेका छन् । 

    जनता समाजवादी पार्टीमा डा. बाबुराम भट्टराई र उपेन्द्र यादवसँग जम्मा ८ जना सांसदहरू रहेका छन् । जसपामा पूर्व राजपा पक्षको बहुमत रहेको छ । त्यसकारण संसदीय दलको नेता पनि पूर्व राजपाबाट नै हुनुपर्ने माग राखिएको छ ।

    नेकपा एमाले एकढिक्का हुँदा १२० जना सांसद् छन् । २७५ सदस्य रहेको प्रतिनिधि सभामा मृत्यु र निलम्बनका कारण अहिले ५ सदस्यको पद रिक्त छ । अहिले संसदमा कायम रहेको संख्याका आधारमा हेर्दा प्रधानमन्त्री ओलीले पदमा रहिरहनका लागि वा अरु कोही प्रधानमन्त्री बन्नका लागि २७० को बहुमत १३६ सांसदको समर्थन आवश्यक पर्छ । 

    ओलीको एमालेमा १२० र पूर्व राजपाले सरकारलाई समर्थन गरेको अवस्थमा ओलीले सुविधाजनक बहुमत प्राप्त गर्छन् । त्यसकारण प्रधानमन्त्री ओलीले सके सिंगो जसपा र नसके पूर्व राजपा समूहलाई विश्वासमा लिएर सत्ता बनाउने लगभग निश्चित देखिएको छ । महन्थ ठाकुर र राजेन्द्र महतो पनि रेशम चौधरीको रिहाइको शर्त राखेर सत्तामा जान तयार देखिएका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७१०:३३:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend