शनिवार, आश्विन २४ २०८३Oct 10 2026

Logo
images images
राजनीतिक बिशेष

यस्तो रहेछ माओवादी केन्द्रले ओली सरकारलाई दिएको समर्थन फिर्ता नलिनुको भित्री रहस्य

यस्तो रहेछ माओवादी केन्द्रले ओली सरकारलाई दिएको समर्थन फिर्ता नलिनुको भित्री रहस्य

  • मिडिया डबली
  • बिहिवार, फाल्गुण २७ २०७७

  • 24.3K
    SHARES

  • यस्तो रहेछ माओवादी केन्द्रले ओली सरकारलाई दिएको समर्थन फिर्ता नलिनुको भित्री रहस्य

    काठमाडौं - पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको माओबादी केन्द्रले सरकारबाट तत्काल समर्थन फिर्ता नलिने घोषणा गरेकोमा धेरैजना आश्चर्यचकित छन् ।

    हिजोसम्म प्रधानमन्त्री केपी ओलीलाई पदबाट हटाउने भनी सडक आन्दोलन गरेको र विभिन्न दलसँग नयाँ सरकार गठनका लागि छलफलमा जुटेको प्रचण्ड समूहले बुधबार तत्काल सरकारलाई दिएको समर्थन फिर्ता नलिने स्थायी कमिटीबाट निर्णय गरायो ।

    माओवादी केन्द्रले तत्काल समर्थन फिर्ता लियो भने यो सरकार अल्पमतमा पर्छ । त्यस्तो बेला एक मिनेट पनि ढिलो नगरी केपी ओलीले ‘मेरो नेतृत्वमा संविधानको धारा ७६ (२) मा बनेको सरकार अल्पमतमा पर्‍यो, त्यसकारण मलाई सबभन्दा ठूलो दलको नेताको हैसियतले धारा ७६ (३) अनुसार प्रधानमन्त्री नियुक्त गरियोस् भन्ने निबेदन राष्ट्रपतिसमक्ष पेस गर्ने विकल्प देखिन्छ ।

    राष्ट्रपति विद्यादेवी भण्डारीले एक निमेष नगुमाई ओलीलाई संसदमा सबैभन्दा ठूलो दलको हैसियतमा प्रधानमन्त्रीमा नियुक्ति दिने निश्चित छ । एक दुई महिना प्रक्रियामा अलमलाएर संसद बिघटन हुन पुग्छ ।

    यदि देश फेरि निर्वाचनमा गएमा त्यसको सबैभन्दा ठूलो राजनीतिक घाटा बेहोर्नुपर्ने भएकाले प्रचण्डले जानीबुझीकनै बैकल्पिक प्रधानमन्त्रीको नामसहित अबिश्वासको प्रस्ताव नलैजाँदासम्म समर्थन जारी राख्ने रणनीति लिएको देखिन्छ । त्यसैले केही समयसम्म ओली निर्धक्क प्रधानमन्त्रीको कुर्सीमा रहने अवस्था छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७०२:४८:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend