शनिवार, आश्विन २४ २०८३Oct 10 2026

Logo
images images
राजनीतिक बिशेष

बादल ओलीतिर लागेपछि प्रचण्डलाई पनि छाडे यी दुई केन्द्रीय सदस्यले

बादल ओलीतिर लागेपछि प्रचण्डलाई पनि छाडे यी दुई केन्द्रीय सदस्यले

  • मिडिया डबली
  • बुधवार, फाल्गुण २६ २०७७

  • 29.7K
    SHARES

  • बादल ओलीतिर लागेपछि प्रचण्डलाई पनि छाडे यी दुई केन्द्रीय सदस्यले

    काठमाडौं - गृहमन्त्री रामबहादुर थापा बादल, उद्योगमन्त्री लेखराज भट्ट, ऊर्जामन्त्री टोपबहादुर रायमाझी, खानेपानीमन्त्री मणि थापा, श्रममन्त्री गौरीशंकर चौधरी, प्रभु साह, दावा लामालगायतका नेताहरू माओवादी केन्द्र छाडेर एमालेमा समाहित हुने निर्णयमा पुगेका छन् ।

    जसले गर्दा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई ठूलो धक्का लागेको छ । माओवादीका नेतालाई एमालेले चोर्ने रणनीति लिएसँगै प्रचण्डलाई आफ्ना नेता कार्यकर्ता जोगाउन धौ धौ हुने देखिएको छ ।

    बादल समूहका तानेपछि अन्य नेताहरुलाई पनि ल्याउने ओलीको तयारी छ । यसैक्रममा बादल निकट मानिने प्रदेश १ का माओवादी केन्द्रका दुई केन्द्रीय सदस्य एमाले प्रवेश गर्ने भएका छन् ।

    प्रदेश १ का संसदीय दलका उपनेता एवं माओवादी केन्द्रका केन्द्रीय सदस्य टंक आङ्बोहाङ र पूर्वसांसद पासाङ शेर्पा एमाले प्रवेश गर्न लागेका हुन् ।

    केही दिनअगाडि प्रचण्ड–माधव नेपाल समूहमा लागेका आङ्बोहाङ र शेर्पा सर्वोच्च अदालतको फैसलापछि पार्टी परित्याग गर्ने निर्णयमा पुगेका छन् ।

    शेर्पा ताप्लेजुङबाट माओवादी केन्द्रको तर्फबाट संविधानसभा सदस्य बनेका थिए । प्रचण्डले जनमतको कदर गर्न नसकेको भन्दै उनीहरुले एमालेमा समाहित हुने निर्णय लिएका हुन् ।

    दुवै नेताले एमाले नेता सुवासचन्द्र नेम्वाङलाई भेटेर एमाले आउने जनाउ दिएका छन् । पछिल्लो समय माओवादी केन्द्र छोड्ने नेताहरुको संख्या बढेको छ ।

    सरकारमा गएका प्रचण्ड निकट ६ जना नेता एमालेमा समाहित हुने भएपछि माओवादी केन्द्र छोड्नेको संख्या बढेको हो ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७०२:४८:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend