शनिवार, आश्विन २४ २०८३Oct 10 2026

Logo
images images

ओली होइन, अब कांग्रेसले जे निर्णय गर्छ देशको राजनीति पनि त्यतै जाने !

ओली होइन, अब कांग्रेसले जे निर्णय गर्छ देशको राजनीति पनि त्यतै जाने !

  • मिडिया डबली
  • मंगलवार, फाल्गुण २५ २०७७

  • 5.6K
    SHARES

  • ओली होइन, अब कांग्रेसले जे निर्णय गर्छ देशको राजनीति पनि त्यतै जाने !

    काठमाडौं - सर्वोच्च अदालतको पहिलो फैसलाबाट प्रधानमन्त्री केपी ओली निराश बनेका थिए । प्रतिनिधिसभा विघटन बदर भएपछि उनीमाथि नैतिक संकट त परेकै छ । तर, पछिल्लोपटक सर्वोच्चको फैसलाले ओली अझ शक्तिशाली बनेका छन् । सत्ताका तुरुप फेरि एकपटक मज्जाले प्रयोग गर्न पाउने भएका छन् ।

    एमालेजन आफ्नो पार्टी ब्युँतिएकामा निकै खुसी छन् । अहिले देशभर नेकपाको साइन बोर्ड फाल्दै एमालेको बोर्ड राख्न थालिएको छ । उनीहरूलाई अब प्रधानमन्त्री ओली झनै बलशाली भएको भान परेको छ ।

    तर एमालेजनले सोचे जस्तो गरी नेपालको राजनीति अघि बढ्छ भन्ने छैन । अदालतको पछिल्लो फैसलाले संसदमा कुनै निर्णायकको हैसियत नबनेको नेपाली काँग्रेसलाई केन्द्रविन्दुमा ल्याइदिएको छ भने चौथो हैसियतमा रहेको जसपाको भाउलाई पनि ह्वात्तै बढाइदिएको छ । त्यसैले अब काँग्रेसले जे निर्णय गर्छ,राजनीति पनि त्यतै जाने विश्लेषकहरूले बताउन थालेका छन् ।

    प्रधानमन्त्रीलाई अदालतको फैसलापछि उत्पन्न राजनीतिक परिस्थितिले मिलिजुली सरकारको हैसियतमा पुर्याएकाले अब ओलीले बहुमत सिद्ध गरेर देखाउनुपर्ने बाध्यता आइपरेको छ । त्यसको निम्ति विश्वासको मत लिनैपर्ने हुन्छ । माओवादी केन्द्रले सरकारलाई दिएको तीन वर्षअघिको समर्थन फिर्ता लिएको घोषणा गरेपछि त्यो अवस्था स्वतः आइपर्छ । सम्भवतः यसै साता माओवादी केन्द्रले ओली सरकारलाई दिएको समर्थन फिर्ता लिएको औपचारिक घोषणा गर्नेछ ।

    नेकपा फुटिसकेकाले अब काँग्रेस एमाले र माओवादीमध्ये एउटा खेमामा लाग्नैपर्ने अवस्था पनि बनेको छ । संसदभित्रको राजनीतिले अर्को बाटो लिएको अवस्थामा माओवादी,काँग्रेस र राजपाले संयुक्त रुपमा सरकारविरुद्ध अविश्वास प्रस्ताव पेश गर्नसक्ने सम्भावना पनि त्यत्तिकै छ । त्यसो हुँदा विश्वासको मत फिर्ता लिएको घोषणा हुनेबित्तिक्कै प्रधानमन्त्री ओलीले विश्वासको मत माग्नुपर्ने हुन्छ । अनि त्यो बेलामा प्रधानमन्त्रीलाई विश्वासको मत नदिएर एमाले बाहेक अरु सबै दलले पेण्डुलम बनाउने रणनीति अंगिकार गर्ने सम्भावना प्रवल छ । 

    कांग्रेस महामन्त्री पूर्णबहादुर खड्काले समेत अहिले पार्टी सरकार बनाउने खेलमा नलाग्ने स्पष्ट पारेका छन् । नेता खड्काले अहिले नै सरकार वा सरकार बाहिरको बहसमा प्रवेश गर्ने बेला नभएको बताउँदै भर्खर नयाँ खेला सुरु भएको छ उल्लेख गरेका छन् ।

    ‘परिपक्वता र साहसिक निर्णय काँग्रेस बाट देशले फेरि माग गर्दै छ, तर अँझै उपयुक्त समयको प्रतीक्षाको जरुरी छ । हतार गरिहाल्नु जरुरि छैन,’ नेता खड्काले मंगलबार सामाजिक सञ्जालमा लेखेका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७०२:४८:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend