आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

घाइते बाघ भएर कांग्रेसलाई सेवा गरेका बेला खेलकुदको सेवा गर्न पाएँ : महर्जन

घाइते बाघ भएर कांग्रेसलाई सेवा गरेका बेला खेलकुदको सेवा गर्न पाएँ : महर्जन

  • मिडिया डबली
  • सोमवार, फाल्गुण २४ २०७७

  • 4.0K
    SHARES

  • घाइते बाघ भएर कांग्रेसलाई सेवा गरेका बेला खेलकुदको सेवा गर्न पाएँ : महर्जन

    सुकुटे - नेपाली कांग्रेस खेलकुद विभागका सचिव एवम् युवा नेता मीनकृष्ण महर्जनले खेलकुद क्षेत्रबाट सन्यास लिएर पार्टीको सेवा गर्ने भनेर बसेको व्यक्तिलाई खेलकुद विभागमा आएर काम गर्ने उत्साह थपिएको बताएका छन् ।

    आइतबार सिन्धुपाल्चोकको सुकुटेमा खेलकुद विभागले आयोजना गरेको कोरोनाको महामारी, बाढीपहिरोको उद्धार तथा राहत वितरणका बेला समाचार लेखेर सहयोग गर्ने पत्रकार, सहयोगी दाताहरू, सामाजिक सञ्जाल प्रयोगकर्ताहरूको सम्मानमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै महर्जनले प्रदेश सभा निर्वाचनमा चुनाव हारेर घाइते बाघ भएर बसेका बेला विभागमा काम गर्न पाउँदा उत्साहित भएको बताए ।

    खेलकुद क्षेत्रमा सानै उमेरदेखि लागेको बताएका महर्जनले कांग्रेसको खेलकुद विभागमा सचिवको जिम्मेवारीमा बसेर काम गर्न पाउँदा खुसी लागेको बताए ।

    ‘म खेलक्षेत्रको व्यक्ति, राष्ट्रिय खेलकुद परिषदको कोषाध्यक्ष भएर खेलबाट सन्यास लिएको थिएँ । विश्राम लिनुपर्छ भने थिए । पार्टीमा घाइते बाघ । चुनाव हारेको व्यक्ति’, उनले भने, ‘पार्टी संगठनको लागि काम गर्नुपर्छ भनेर लागेको छु ।’

    उनले भनेका छन्, ‘खेलकुद विभागको प्रमुख भएर मोहन बस्नेत दाई आउनुभयो । मलाई हौसला भयो । मलाई युवा अवस्थामा पुगेको जस्तो महशुस भयो ।’

    ‘खेलकुदबाट सन्यास लिन्छु भनेर बसेको थिएँ । मोहन दाई खेलकुद विभागको प्रमुख भएर आउनुभयो । विभागमा बसेर काम गर्ने उत्साह जाग्यो’, महर्जनले भने, ‘मोहन दाई जस्तो राम्रो र महान व्यक्तिसँग काम गर्न पाउनु मेरा लागि झन् ठूलो कुरा थियो ।’

    उनले भने, ‘मोहन दाई पार्टीका लागि मरिमेट्ने, खेलकुद बुझेको, ज्ञान भएको, इतिहाँस बोकेको, काम गर्न सक्ने क्षमता भएको व्यक्ति हो ।’

    ‘अर्को व्यक्ति आएको भए म खेलकुद विभागमा सायद आउने थिएन । म पार्टीको काम गर्छु भनेर बसिरहेको थिएँ’, महर्जनले भने, ‘मलाई काम गर्ने इच्छा भएपछि उहाँलाई अनुरोध गरेँ । तपाई जस्तो मान्छे आवश्यक छ भनेर उहाँले सचिव बनाइदिनुभयो ।’
    उनले भने, ‘काम भइरहेको छ । एक वर्ष अगाडि विभागको जिम्मेवारी पाएको भए । खेलकुदको क्षेत्रबाट देशभरि कांग्रेसमय बनाउनु हुने थियो । काम गर्ने तौरतरिका तपाईहरूले देख्नुभएको छ ।’

    ‘सबैलाई जिम्मेवारी दिनुभएको छ । मलाई पनि ठूलो जिम्मेवारी दिनुभएको छ’, उनले भने, ‘सभापति शेरबहादुर देउवा दाईसँग समय लिनुछ । खेलकुद विभागकै नाममा गणेशमान सिंह राष्ट्रिय किक बक्सिङ खेलकुद प्रतियोगिता ललितपुरमा सञ्चालन गर्दै छु । नगद प्रतियोगितामा ३० लाख नगद पुरस्कार हुन्छ । १० लाख उपचार खर्च राख्नुपर्छ ।’

    ‘यस्तो व्यक्तिलाई सिन्धुपाल्चोक जिल्लाले चिनेको छैन । ललितपुरबाट चुनाव लड्न आउनुस् । तपाई जस्तो नेता देशभरि चाहिएको छ’, सचिव महर्जनले भनेका छन् ।

    ‘जुन क्षेत्रबाट उम्मेदवार बनेपनि तपाई जस्तो व्यक्ति हार्नुभयो भने म झुण्डिएर मर्छु’, उनले भने, ‘चापागाउँमा फुटसल कार्यक्रम भएको थियो । मोहन दाई आउने भएपछि नेवारहरू समुदायले धिमेबाजा बजाएर सम्मान गरेका छन् ।’

    ‘खेलकुद विभागमा कामको सुरुवात भएको छ । मोहन दाईले चुनाव जितेपछि गृहमन्त्री पक्का’, महर्जनले भने, ‘कांग्रेसले खेलकुद मन्त्रालय पनि लिन भन्नुपर्छ । धेरैलाई तह लगाउनुपर्ने पनि छ । चुनाव जिताउनु पर्छ ।’

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend