काठमाडौं – कम्युनिस्ट प्रधानमन्त्री केपी शर्मा ओली पक्षले सर्वाेच्च अदालतको फैसलापछि आकस्मिक संसदीय दलको बैठक बोलाएको छ ।
साविक नेकपा एमाले र नेकपा माओवादी केन्द्र नै कायम रहने गरी सर्वोच्च अदालतले फैसला सुनाएपछि नयाँ रणनीति तय गर्न ओली पक्षले संसदीय दलको बैठक बोलाएको छ ।
दलको बैठक बालुवाटारमा केहीबेरमा बस्ने भएको छ । ओली पक्षको संसदीय दलका मुख्य सचेतक विशाल भट्टराईले नेकपाका सबै सांसदहरुलाई खबर गरिएको बताएका छन् ।
नेकपाका सांसदभित्र पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधवकुमार नेपाल लगायत सबै सांसद रहेकाले बैठकका लागि प्रचण्ड पक्षका सांसदलाई समेत निम्तो पठाइएको छ ।
सर्वाेच्च अदालतले नेकपा एकीकरण प्रक्रियालाई नै बदर गरिदिएको छ । सर्वाेच्च अदालतले आज आईतबार सुनाएको फैसलापछि अब तत्कालीन एमाले र माओवादी केन्द्र ब्यूतिएका छन् । दुबै पार्टी एकीकरण हुने भए सुरुबाटै पुनः एकीकरण प्रक्रियामा जानुपर्ने भएको छ ।
तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रबीच एकतापछि पार्टीको नाम नेपाल कम्युनिस्ट पार्टी (ने क पा) राख्ने निर्वाचन आयोगको निर्णय सर्वाेच्च अदालतले आईतबार फैसला सुनाउँदै खारेज गरेको हो ।
न्यायाधीशहरू बमकुमार श्रेष्ठ र कुमार रेग्मीको इजलासले आईतबार ऋषि कट्टेलको पक्षमा फैसला सुनाएको सर्वोच्च अदालत स्रोतले जानकारी दिएको छ ।
निर्वाचन आयोगमा ऋषि कट्टेल अध्यक्ष रहेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दर्ता भइसकेको अवस्थामा २०७५ जेठ ३ गते तत्कालिन नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच एकीकरण भएपछि पार्टीको नाम पनि नेपाल कम्युनिस्ट पार्टी (ने क पा) राखी निर्वाचन आयोगमा निवेदक दिइएको थियो ।
निर्वाचन आयोगले नेकपालाई मान्यता दिएपछि आफ्नो पार्टीको नामसँग मिल्दोजुल्दो नाम दिएर अर्को पार्टी दर्ता गर्न दिएको भन्दै कट्टेलले सर्वोच्च अदालत पुगेका थिए । सर्वाेच्च अदालतले ऋषि कट्टेलको पक्षमा फैसला गर्दै ओली र प्रचण्डको नेकपा नाम खारेज भएको छ ।
यस्तो छ अदालतको पूर्णपाठ -





मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।