काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रधानमन्त्री केपी शर्मा ओली पक्षले सभामुख अग्नि सापकोटाविरुद्ध महाअभियोग लगाउने चर्चा चलेपछि ओली पक्षले जवाफ दिएको छ ।
ओली पक्षका प्रमुख सचेतक विशाल भट्टराईले सभामुख अग्निप्रसाद सापकोटाविरुद्ध आफ्नो पक्षले महाअभियोग प्रस्ताव दर्ता गर्ने भनी भएको प्रचार गलत भएको जवाफ दिएका छन् ।
भट्टराईले सभामुखविरुद्ध महाअभियोग लगाउनेबारे कुनै तयारी नभएको जानकारी दिएका छन् ।
‘कुनै पनि हालतमा महाअभियोग प्रस्ताव आउँदैन, त्यस्तो आवश्यक नै छैन । संसद सहज ढंगले अगाडि बढ्छ,’ उनले भने ।
प्रमुख सचेतक भट्टराईले सभामुख सापकोटाको प्रस्तुतीका आधारमा परिस्थिति निर्माण हुने तर्क गरे । ‘संसदले गर्नुपर्ने थुप्रै काम छन् । त्यसैले संसद तत्काल अन्त्य हुँदैन,’ भट्टराईले भनेका छन् ।
सभामुख सापकोटाविरुद्ध नेकपा ओली पक्षले महाअभियोग प्रस्ताव दर्ता गर्नसक्ने चर्चा केही दिनयता चलेको छ । सभामुख सापकोटा नेकपा प्रचण्ड–नेपाल पक्षसँग निकट मानिएका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।