काठमाडौं – राष्ट्रिय राजनीति संकटसहित रोचक बनिरहेको बेला सामुदायिक रेडियो सञ्चालकहरुको छाता संस्था सामुदायिक रेडियो प्रशारक संघ (अकोराब) मा नेपाली कांग्रेस निकट नेपाल प्रेस युनियन र नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली पक्षनिकट प्रेस संगठन नेपालबीच चुनावी गठबन्धन बनेको छ ।
आगामी फागुन २५ गते हुने अकोराबको महाधिवेशनका लागि प्रेस युनियनको नेतृत्वमा साझा उम्मेदवारी दिने सहमति भएको छ ।
हिजो शनिबार दुबै संगठनबीच सहमति भएको छ ।
सहमति पत्रमा नेपाल प्रेस युनियनका अध्यक्ष बद्री सिग्देल, प्रेस संगठन नेपालका अध्यक्ष गणेश बस्नेतले हस्ताक्षर गरेका हुन् ।
बस्नेत हालै नेकपा ओली पक्षको प्रेस संगठनको अध्यक्ष चयन भएका थिए ।
गठबन्धनमा प्रेस मञ्च नेपालका अध्यक्ष केशव अर्याल, प्रगतिशील पत्रकार मञ्च नेपालका अध्यक्ष उदय जीएमले समेत हस्ताक्षर गरेका छन् ।
प्रेस युनियनका सचिव सरोज अधिकारीले नेकपा प्रचण्ड–नेपाल पक्ष निकट पत्रकारहरुसँग समेत वार्ताको प्रयास जारी रहेको बताएका छन् ।
यस्तो छ सहमतिपत्र –

मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।