आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

कांग्रेस नेता खतिवडाले गरे फूटबल प्रतियोगिताका विजेतालाई ट्रफी प्रदान

कांग्रेस नेता खतिवडाले गरे फूटबल प्रतियोगिताका विजेतालाई ट्रफी प्रदान

  • मिडिया डबली
  • आइतवार, फाल्गुण २३ २०७७

  • 5.5K
    SHARES

  • कांग्रेस नेता खतिवडाले गरे फूटबल प्रतियोगिताका विजेतालाई ट्रफी प्रदान

    काठमाडौं – नेपाली कांग्रेसका प्रभावशाली युवा नेता तथा पूर्व सांसद रामहरि खतिवडाले पोखरामा सम्पन्न १४ औं बीटी कप तथा चौथो बीरेन स्मृति फूटबल प्रतियोगिताका विजेता टीम र खेलाडीलाई पुरस्कार प्रदान गरेका छन् ।

    शनिवार सम्पन्न फाइनल खेलपछि आयोजित पुरस्कार वितरण कार्यक्रमका प्रमुख अतिथि खतिवडाले विजेता टीमलाई नगदसहित ट्रफी प्रदान गरेका छन् ।

    कार्यक्रममा खतिवडाले खेल र खेलाडीले देशको नाम विश्वभर फैलाउने बताउँदै खेलकुद क्षेत्रको विकासमा विशेष ध्यान दिनुपर्ने बताएका छन् । खतिवडाले खेलकुदको क्षेत्रमा अनुशासन निकै महत्त्वपूर्ण हुने भन्दै राजनीतिमा पनि अनुशासनको खाँचो रहेको बताए ।

    प्रतियोगितामा ४२ वटा फूटबल टीमको सहभागिता रहेको थियो । प्रतियोगितामा प्रथम भएको टीमले १ लाख ३२ हजार २२२ रुपैयाँ नगदसहित ट्रफी हात पारेको छ । दोस्रो हुन सफल टीमले ८२ हजार २२२ रुपैयाँ र ट्रफी हात पारेको जनाइएको छ ।

    tra1.jpgtra2.jpg

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend