सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images

ससुरा प्रचण्डको झगडाले बुहारी बिना मगरलाई ठूलो घाटा, इतिहासमा नाम लेख्ने मौका गुम्यो

ससुरा प्रचण्डको झगडाले बुहारी बिना मगरलाई ठूलो घाटा, इतिहासमा नाम लेख्ने मौका गुम्यो

  • मिडिया डबली
  • शनिवार, फाल्गुण २२ २०७७

  • 36.5K
    SHARES

  • ससुरा प्रचण्डको झगडाले बुहारी बिना मगरलाई ठूलो घाटा, इतिहासमा नाम लेख्ने मौका गुम्यो

    काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीचको झगडाले उग्र रूप लिएपछि पुस ५ गते प्रतिनिधिसभा विघटन गर्ने निर्णय भयो । प्रचण्ड प्रधानमन्त्री बन्न खोज्दा ओलीले हुन नदिएपछि झगडा चर्किएको थियो ।

    यस्तै झगडामा संसद विघटन भएपछि पार्टी विभाजन भयो । प्रचण्ड पक्षका मन्त्रीहरू राजीनामा दिएर सरकार छाडेर हिँडे । यसरी राजीनामा दिने मन्त्रीहरूमा प्रचण्डकी बुहारी बिना मगर समेत थिइन् ।

    खानेपानीमन्त्री बिना मगरले आफ्नै कार्यकालमा मेलम्चीको पानी काठमाडौं ल्याउने सपना देखेकी थिइन् । यस्तो सपनाबारे विभिन्न भाषणमा बताउने पनि गरेकी थिइन् । तर ससुरा प्रचण्डको झगडाका कारण उनले मेलम्चीको पानी काठमाडौं नल्याएरै राजीनामा दिनुपर्ने अवस्था आयो ।

    आज शनिबार मेलम्चीको पानी काठमाडौंको सुन्दरीजलसम्म आएको छ । राष्ट्रिय गौरवको मेलम्ची खानेपानी आयोजनाको सुरुङबाट शनिवार पानी सुन्दरीजलमा खसालिएको हो । परीक्षणका लागि सुरुङमा पठाइएको पानी शनिवार साँझ सुन्दरीजलमा आइपुगेको मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक तिरेश खत्रीले बताएका छन् ।

    यस्तो विशेष अवसरमा आफ्नो नाम लेखाउने मौका बिना मगरले गुमाउनुपरेको छ । मेलम्चीको पानी काठमाडौं ल्याउने दशकौंदेखिको सपना उनकै कार्यकालमा पूरा भएको भए उनको नाम इतिहासमा लेखिन्थ्यो । तर उनले इतिहासमा नाम लेखाउन नपाई मन्त्री पदबाट हात धुनुपर्‍यो ।

    अब प्रधानमन्त्री केपी शर्मा ओली र खानेपानीमन्त्री मणि थापाको नाम इतिहासमा लेखिने देखिएको छ । प्रधानमन्त्री ओलीले सुरुङको अवलोकन गरेपछि बटम थिचेर मेलम्चीको पानी सुन्दरीजलमा झरेको छ ।

    फागुन १० गते मेलम्ची खानेपानी आयोजनाको मुहानबाट २६ किलोमिटर लामो सुरुङमा दोस्रो पटक सुरुङ परीक्षण थालेको थियो । आयोजनाको मुहान सिन्धुपाल्चोकको हेलम्बु अम्बाथानस्थित अस्थायी बाँधबाट सुरुङ परीक्षण सुरू गरिएको छ ।

    सुरुङ परीक्षणलाई सुन्दरीजल प्रशोधन केन्द्र परीक्षणका लागि २ महिना छुट्याइएको छ । त्यसपछि मेलम्चीको पानी संघीय राजधानी काठमाडौंमा वितरण सुरू गर्न सकिने आयोजनाले जानकारी दिएको छ । पहिलो चरणको पानी फोहोर आएकाले बागमती नदीमा मिसाइएको हो ।

    यसअघि १२ दिन पहिले खानेपानीमन्त्री मणि थापा, युवा तथा खेलकुदमन्त्री दावा तामाङ र शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले कन्ट्रोल रुममा रहेको स्वीच अन गरी पानी सुरुङतर्फ पठाएका थिए ।

    करीब २ दशकअघि सुरू भएको आयोजनाको म्याद पटक–पटक सार्दै अस्थायी बाँध बनाएर पानी सुन्दरीजल ल्याइएको छ । अम्बाथानबाट २६ किलोमिटर सुरुङ निर्माण गरी पहिलो चरणमा दैनिक १७ करोड लिटर पानी सुन्दरीजल ल्याउन लागिएको हो । परीक्षणका क्रममा प्रतिसेकेन्ड २६० लिटरका दरले पानी सुरुङमा पथान्तर गरिएको आयोजनाले जनाएको छ ।

    यसअघि असार २१ गते पहिलो पटक सुरुङ परीक्षण गरिएको जनाइएको छ । त्यसको ९ दिनमा असार ३० गते १७ नम्बर गेटको ढोका फुटेर आयोजनाका कर्मचारीको मृत्यु समेत भएको थियो । दुर्घटनापछि प्राविधिक रूपमा अध्ययन गरी पूर्ण रुपमा मर्मत गरेर सुरुङ परीक्षण गरिएको छ ।

    आयोजनाको काम सन् २०१३ सेप्टेम्बरमा सक्ने गरी २००९ सेप्टेम्बरमा सुरुङ निर्माणको जिम्मा चिनियाँ कम्पनीलाई दिइएको भए पनि कम्पनीले ठेक्का तोडेपछि इटालियन कम्पनीलाई काम दिइएको थियो । त्यो कम्पनीले समेत अन्तिम समयमा सम्झौता तोडेपछि पुनः ठेक्का गरी चिनियाँ कम्पनी सिनो हाइड्रोले सुरुङको फिनिसिङ सकेपछि आयोजना सम्पन्न गर्ने लक्ष्य लिएको हो । त्यसको ७ वर्षपछि मेलम्चीको पानी काठमाडौं ल्याउने तयारी भएको छ ।

    मेलम्चीको पानी काठमाडौंमा वितरण गर्ने अन्तिम तयारी भइरहँदा लामो समय खानेपानीमन्त्री रहेकी बिना मगर भने टुलुटुलु हेरेर बस्नुपर्ने अवस्था आएको छ । ओली र प्रचण्डको सम्बन्ध धेरै बिग्रिएका कारण बिना मगर सरकारका मन्त्री वा ओलीसँग सार्वजनिक कार्यक्रममा सँगै देखिने अवस्थामा समेत छैनन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७०२:४८:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend