काठमाडौं – ललितपुर जिल्लाको दक्षिणी भेगमा रहेको ऐतिहासिक एवं पुरातात्विक नगरी चम्पापुर चम्पागाउँको ऐतिहासिक इखाः पोखरीको शनिवार नेपाली कांग्रेस खेलकुद विभागका केन्द्रीय सचिव मीनकृष्ण महर्जनको नेतृत्वमा नेपाल विद्यार्थी संघ ललितपुर क्षेत्र नम्बर १ बाट सरसफाइ कार्यक्रम सम्पन्न भएको छ ।
३७२ वर्ष पुरानो ऐतिहासिक पोखरीको पर्खाल जीर्ण अवस्थामा पुगेको, पोखरीमा फोहोर थुप्रिएपछि १० वर्षअघि नै मीनकृष्णको नेतृत्वमा पुनर्निर्माण गरिएको थियो ।
आफूले पुनर्निर्माण गरेको पोखरी फोहोर देखिएकाले सरसफाइ अभियामा लागेको महर्जनले जानकारी दिए ।
इतिहास हेर्दा पोखरीको छुट्टै पहिचान भएको देखिन्छ । वर्ष दिनसम्म मरेको मान्छेको घरबाट ल्याउने ख्या खीः, भजनकीर्तन गाईजात्रामा निकालिन्छ । उक्त व्यक्तिहरू यस पोखरीमा नुहाएर घर जाने चलन छ ।
माघ महिनामा भजनकीर्तन गरी नगर परिक्रमा गर्ने चलन छ । नगर परिक्रमा गर्न सर्वप्रथम पोखरीमा मुख धोएर महादेवलाई जल चढाएर सुरूआत गरिने नेपाली कांग्रेस तरुण विभाग बाग्मती प्रदेश सचिव उमेशमेहर कायस्थले बताएका छन् ।
चापागाउँको विकासका लागि जनताले प्रतिनिधिका रूपमा मीनकृष्ण महर्जनलाई पाएको स्थानीय लक्ष्मी कर्माचार्यको भनाइ छ । अर्का स्थानीय धर्म नकर्मीले भने, ‘यदि मीनकृष्णले पुनर्निर्माण र सरसफाइ नगरेको भए यो पोखरी फोहोर फाल्ने डम्पिङ साइट बन्थ्यो ।’
‘पोखरी सफा बनाउन मिनकृष्ण महर्जनको ठूलो योगदान छ । उहाँले पोखरी नजिकै रहेको चन्द्र भैरव मन्दिरको पुनर्निर्माण गर्न ६५ लाख रुपैयाँ जुटाइदिनुभयो । सँगै रहेको गणेश मन्दिर समेत पुनर्निर्माण गर्नुभयो । चापागाउँदेखि बज्रबाराहीसम्म जाने मूल सडक फराकिलो बनाउनुभयो । हरेक सामाजिक विकास कार्यमा अग्रपंक्तिमा रहेर नेतृत्व गर्नुभएको छ,’ नेपाल तरुण दल ललितपुर क्षेत्र नम्बर १ का सचिव अनिल श्रेष्ठले भने ।
मन्दिरमा भजन गाउने साहित्यकार समाजसेवी ९० वर्षीय वृद्ध जोग मोहन मेहेर कायस्थले महर्जनलाई आशिर्वाद दिएका छन् ।
‘भजन गर्ने ठाउँ नभएर हैरान भएको थियो । मन्दिर भत्कन लागेको बेला मीनकृष्णले मर्मत गरेपछि राम्रो भएको छ । उहाँहरूलाई आशिर्वाद, धन्यवाद छ,’ उनले भने ।


मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।