शनिवार, आश्विन २४ २०८३Oct 10 2026

Logo
images images

म प्रधानमन्त्री हुने दौडमै छैन, मलाई प्रधानमन्त्री हुनु पनि छैन : शेरबहादुर देउवा

म प्रधानमन्त्री हुने दौडमै छैन, मलाई प्रधानमन्त्री हुनु पनि छैन : शेरबहादुर देउवा

  • मिडिया डबली
  • शनिवार, फाल्गुण २२ २०७७

  • 6.5K
    SHARES

  • म प्रधानमन्त्री हुने दौडमै छैन, मलाई प्रधानमन्त्री हुनु पनि छैन : शेरबहादुर देउवा

    काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफूलाई प्रधानमन्त्री बन्नुपर्ने आवश्यकता नरहेको बताएका छन् ।

    आज शनिवार बिहान बुढानिलकण्ठस्थित निवासमा नेविसंघका पूर्व अध्यक्ष नैनसिंह महरद्वारा लिखित ‘महाकाण्ड’ पुस्तकको विमोचन समारोहमा सञ्चारकर्मीसँग कुरा गर्दै सभापति देउवाले आफूलाई प्रधानमन्त्री हुने चाहना नरहेको बताए ।

    ‘म प्रधानमन्त्री हुने रेस (दौड) मै छैन । म प्रधानमन्त्री हुनै चाहेको छैन । विपक्षी दलको नेता प्राइममिनिस्टर इन वेइटिङ हो । तर मलाई प्रधानमन्त्री हुनु पनि छैन । यी सबै कुरामा नलाग्नु होला,’ सभापति देउवाले भने ।

    प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दा अदालतमा विचाराधीन भएकाले कांग्रेस सडकमा प्रस्तुत नभएको समेत देउवाले स्पष्ट पारे । ‘प्रतिनिधिसभा विघटनको गैरसंवैधानिक कदमको अदालतमा विचाराधीन मुद्दा भएकाले सडकमा जानु हुँदैन, अदालतलाई प्रेसर गर्न, धम्क्याउन हुँदैन भन्ने हाम्रो मान्यता हो । यसरी भोलि संसदीय व्यवस्था नै चल्दैन,’ देउवाले भने ।

    प्रतिनिधि सभामा प्रधानमन्त्रीविरुद्ध दर्ता गरिने अविश्वासको प्रस्ताव पक्षमा उभिने कि नउभिने भन्नेबारे कांग्रेसले तत्काल निर्णय नगर्ने उनले बताए ।

    आईतबारको प्रतिनिधिसभा बैठकमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली र प्रचण्ड–नेपाल पक्षको प्रस्तुती हेरेर रणनीति तय गर्ने नेपाली कांग्रेसको योजना रहेको छ । 

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७०२:३८:१४
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend