बिहिवार, आश्विन २९ २०८३Oct 15 2026

Logo
images images

केपी ओलीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्ने गृहकार्य, शेरबहादुर देउवा प्रधानमन्त्री !

केपी ओलीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्ने गृहकार्य, शेरबहादुर देउवा प्रधानमन्त्री !

  • मिडिया डबली
  • शनिवार, फाल्गुण २२ २०७७

  • 6.5K
    SHARES

  • केपी ओलीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्ने गृहकार्य, शेरबहादुर देउवा प्रधानमन्त्री !

    काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल पक्षले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्न गृहकार्य अघि बढाएको छ ।

    शुक्रवार संसदीय दलको बैठक राखेर प्रचण्ड पक्षले अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई संसदीय दलको नेता चयन गरेको छ ।

    आफू निकटका सांसदको बैठक राखेर ओलीविरुद्ध संसदमा अविश्वास प्रस्ताव दर्ता गर्ने तयारी गरेको छ । संसदीय दलको नेता चयन भएपछि प्रचण्डले अविश्वास प्रस्ताव ल्याउन ओलीले बाध्य पारेको बताएका छन् ।

    ‘बहुमत सदस्यले मलाई संसदीय दलको नेताका रुपमा चयन गर्नुभएको छ । यसलाई मैले चुनौतीको रुपमा लिएको छु । आवश्यक परे ओलीविरुद्ध अविश्वास प्रस्ताव ल्याउने बाटोतर्फ अग्रसर हुनुपर्छ,’ प्रचण्डले बैठकपछि भने ।

    प्रचण्डले अहिले नै प्रधानमन्त्री बन्ने हतार नभएको र अन्य दलसँग छलफल गरेर अघि बढ्ने बताएका छन् । ‘अहिले हामी छलफलमै छौं । संसद विघटन गर्ने कदमलाई अलोकतान्त्रिक, स्वेच्छाचारी भनेर सडकमा गएका दलसँग मुद्दाका हिसाबले हाम्रो सहकार्य हुन्छ । छलफलमा छौं, १–२ दिनमा टुंगो लाग्छ,’ प्रचण्डले भने । अविश्वास प्रस्ताव सम्बन्धमा प्रचण्ड–नेपाल पक्ष कांग्रेसको निर्णय कुरेर बसिरहेको छ ।  

    शुक्रवारको संसदीय दलको बैठकमा १११ जना सांसदले हस्ताक्षर गरेको बताइएको छ । ‘अहिले १११ जना सांसदको हस्ताक्षर भएको छ । ४ जना अझै आउँदै हुनुहुन्छ,’ सांसद यज्ञराज सुनुवारले भने । उनका अनुसार संसदीय दलमा बहुमत पुगेकाले संसदीय दलको नेतामा प्रचण्डलाई चयन गरिएको छ ।

    प्रचण्ड–नेपाल पक्षले संसदीय दलमा समेत बहुमतमा नरहेका प्रधानमन्त्रीले तुरुन्तै राजीनामा दिनुपर्ने जनाएको छ । तर ओलीले राजीनामा दिने पक्षमा नभएपछि प्रचण्ड–नेपाल समूहले कांग्रेस र जनता समाजवादी पार्टीसँग सहकार्यको प्रस्ताव गरेको छ । 

    जनता समाजवादी पार्टीले सहयोग गर्ने जनाए पनि कांग्रेसले निर्णय गरिसकेको छैन । प्रचण्डले भाबी प्रधानमन्त्रीको विषय १–२ दिनमा टुंगो लाग्ने बताएका छन् । कांग्रेसले अविश्वास प्रस्ताव नल्याएमा शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा प्रस्ताव गरेर प्रचण्ड–नेपाल पक्षले अविश्वासको प्रस्ताव ल्याउने सम्भावना रहेको बताउन थालिएको छ । यद्यपि यस विषयमा प्रचण्ड–नेपाल समूहले केही बताएको छैन ।

    प्रचण्ड–नेपाल पक्षले अविश्वासको प्रस्ताव लैजाँदा प्रमुख प्रतिपक्षी दलका नेताको नाम प्रस्ताव गर्न मिल्ने कि नमिल्ने भन्नेबारे छलफल भइरहेको स्रोतको दाबी गरेको छ । 

    सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनदेखि पुनःस्थापित नहुँदासम्मको अवधिलाई शून्य समय भनेकाले संसदमा पुस ५ गते दर्ता भएको अविश्वास प्रस्ताव फिर्ता लिएर प्रचण्ड–नेपाल पक्ष नयाँ प्रस्तावका लागि कांग्रेसलाई प्रधानमन्त्री स्वीकार गरेर जान लागेको छ ।

    ‘ओलीले गर्न नहुने काम गरेका छन् । संसद विघटन गर्नेदेखि पार्टी विभाजनको सूत्रधार समेत बनेका कारण उनलाई सरकारमा राख्न नहुने अवस्था आएको छ, त्यसकारण कांग्रेससँग मिलेर अविश्वासको प्रस्ताव लगी प्रधानमन्त्रीबाट ओलीलाई हटाउनुको विकल्प छैन,’ एक सांसदले भने ।  

    प्रचण्ड–नेपाल पक्षले सांसदलाई काठमाडौं नछाड्न निर्देशन दिएको छ । उनीहरुले ओली समूहमा रहेका सांसदलाई पनि आफ्नो समूहमा आउन आग्रह गरिरहेका छन् । आजको नागरिक दैनिकमा समाचार प्रकाशित छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७०२:४८:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend