काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल पक्षको हालै सम्पन्न बैठकले पार्टीका विभिन्न नेताहरूलाई कारवाही गरेको सन्दर्भमा नेकपा ओली पक्षले ध्यानाकर्षण भएको जनाएको छ ।
ओली पक्षका प्रमुख सचेतक विशाल भट्टराईले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै पार्टीका दोस्रो अध्यक्ष तथा सांसद पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसद सचिवालयका महासचिवलाई लेखेको पत्रप्रति ध्यानाकर्षण भएको जनाएका छन् ।
प्रेस विज्ञप्तिमा भट्टराईले अध्यक्षको परामर्शमा महासचिवले बोलाएको बैठक र दुवै अध्यक्षको हस्ताक्षर भएका बाहेकका पत्राचारले मान्यता नपाउने उल्लेख गरिएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओली, दलका उपनेता सुवासचन्द्र नेम्वाङ, दलका मुख्य सचेतक विशाल भट्टराई र सचेतक शान्ता चौधरी नै आधिकारिक रहेको विज्ञप्तिमा उल्लेख छ ।
यस्तो छ विज्ञप्ति –

मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।